2020-10-21

Close

जनकपुरधाम, साउन २८ गते ।
समाजवादी पार्टीका एकजना सांसदले आफ्नो पदनबाट राजिनामा दिएका छन् । सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका हुन् ।

उनले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका छन् । आफ्नो स्वस्थयमा समस्या बढेकाले आराम गर्न राजिनामा दिएको डा. यादवले बताए ।

डा. यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ । रिक्त पनि त्यहाँ पुनः चुनाव गरिने छ ।
उनी जनकपुरका नाम चलेका बाल रोग विशेषज्ञ डाक्टर हुन् । चुनावको बेला उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरेर चुनाव लडेका थिए । चुनाव जितेर सांसद भए पनि उनको उपस्थिति सांसदमा न्युन रहेपनि आफ्नो चिकित्सक पेशामा समय दिँदै आएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर