2024-05-07

Close

जनकपुरधाम । अन्नको भण्डार मानिने मधेश प्रदेशमै धानको उत्पादन घटेको छ । यो वर्ष प्रदेशमा १२ लाख ९६ हजार ९०७ मेट्रिकटन मात्रै धान उत्पादन भएको मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो परिमाण गत वर्षको तुलनामा ९२ हजार मेट्रिकटनले कम हो ।
गत वर्ष १३ लाख ८८ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

केन्द्र सरकारले ढिला मनसुन भित्रिएका कारण मधेशमा धानको उत्पादनमा ठूलो ह्रास आउने र समग्र मुलुकको खाद्य सम्प्रभुतामै असर पर्ने आशंकाका गरिरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । देशभरको कुल धान उत्पादनको तथ्यांक भने आइसकेको छैन ।

प्रदेशका ८ वटा जिल्लाबाट प्राप्त विवरणअनुसार प्रदेशभर ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा १२ लाख ९६ हजार ६०७ मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले बताए ।
यस वर्ष ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा १२ लाख ९६ हजार ६०७ मेट्रिकटन धान उत्पादन भएको छ,’ सचिव पाण्डेले भने ‘यो भनेको गत वर्ष भन्दा कम उत्पादन घटेको हो ।’
यस वर्ष खडेरीले बीउ सुकेका कारण प्रदेशका केही जिल्लाहरुमा धान रोपाईँ प्रभावित भएको थियो ।

यस वर्ष मधेशमा सबै भन्दा धेरै धान उत्पादन सप्तरी जिल्लामा भएको छ भने सबैभन्दा कम मात्रामा धान उत्पादन धनुषामा रहेको छ । सप्तरीमा २ लाख १७ हजार ६०० मेट्रिकटन धान उत्पादन भएको छ भने धनुषामा एक लाख १७ हजार ६०० टन मात्रै धान फलेको छ ।

विवरणअनुसार सिराहमा एक लाख ६६ हजार, बारामा एक लाख ९१ हजार ६२ मेट्रिकटन, पर्सामा एक लाख ९७ हजार ९४६ मेट्रिकटन, महोत्तरीमा एक लाख २२ हजार मेट्रिकटन धान फलेको छ ।
रौतहटमा एक लाख ४१ हजार मेट्रिकटन धान उत्पादन हुँदा सर्लाहीमा एक लाख ४१ हजार ९८० मेट्रिकटन धान फलेको प्रदेश मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds