2024-05-02

Close

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामको जानकी मन्दिरले भार (कोसेली) पठाउने तयारी गरेको छ ।

अयोध्या भगवान श्रीरामको जन्मभूमि हो । त्यहाँ ५ सय वर्षको संघर्षपछि विशाल राम मन्दिरको निर्माण भएको छ । मन्दिरमा जनवरी २२ अर्थात् माघ ८ मा प्राण प्रतिष्ठाको आयोजना गरिएको छ । मन्दिरमा आकर्षक र विशाल भगवान श्रीरामको मूर्ति स्थापना गरिनेछ ।

जनकपुरधाम भगवान रामको ससुराली अर्थात् माता सीताको माइत छ । मिथिला संस्कृति अनुसार छोरीको नयाँ घर बनेपछि ‘घरबास’को अवसरमा कोसेली पठाइने चलन छ । त्यसैले माता सीताको माइत जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउने तयारीमा लागेको जानकी मन्दिरका सहायक महन्त रामरोषण दास वैष्णवले जानकारी दिए ।

अयोध्या कोसेली पठाउन सहायक महन्त वैष्णवकै संयोजकत्वमा ११ सय सदस्यीय जनकपुरधाम-अयोध्या कोसेली यात्रा समिती समेत गठन गरिएको छ । जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दास र जनकपुरधामका मेयर मनोज साहलाई समितिमा संरक्षक बनाइएको छ ।

जनवरी १९ (माघ ५) मा कोसेली यात्रा प्रारम्भ गर्ने र जनवरी २२ (माघ ८) मा अयोध्या पुगेर विधिवत् रूपमा सबै कोसेली राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गर्ने समितिका संयोजक वैष्णवले जानकारी दिए । उनका अनुसार कोसेली यात्राका लागि हुलाकी सडक प्रयोग गरिनेछ ।

जनकपुरधामबाट जलेश्वरनाथ, मलंगवा, सिम्रौनगढ, गढीमाइ हुँदै वीरगञ्जमा पहिलो दिन रात्रि विश्राम गर्ने र त्यसको भोलीपल्ट वीरगञ्जको जानकी नगर गेटबाट भारत प्रवेश गरी बेतिया, कुशी नगर, सिद्धार्थ नगर हुँदै अयोध्या पुग्ने समितिका संयोजक वैष्णवले बताए ।

जानकी मन्दिरबाट लत्ताकपडा, आभूषण, भाडा वर्तन, विभिन्न मिठाई तथा पकवान लगायत ‘कोसेली’को रूपमा पठाइनेछ । भगवान् राम-सीताका लागि नगरवासीबाट संकलित कोसेली पनि पठाइने र त्यसका लागि सहयोग गर्न नगरवासीसँग समिति संयोजक तथा जानकी मन्दिरका सहायक महन्त वैष्णवले आग्रह गरेका छन् ।

अयोध्याको राम मन्दिर स्थापना गर्न लागेको भगवान् रामको मूर्ति नेपालकै अमूल्य शालिग्राम पत्थर’बाट भएको हो । म्याग्दीको बेनी नगरपालिका ६ ठूलोपहिरोस्थित कालीगण्डकी नदीबाट शालिग्राम निकालेर एक वर्ष अगाडी अयोध्या पुर्‍याइएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds