2024-04-26

Close

जनकपुरधाम, २४ जेष्ठ : प्रदेश–२ को सोमबार सुरू भएको प्रदेशसभा बैठकमा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद अनुपस्थित भएका छन् । पूर्व राजपाका सांसदको सोमबार बसेको बैठकले प्रदेश सभाको छैठौं अधिवेसनको पहिलो बैठकमा सहभागिता नजनाउने निर्णय गरेपछि उनीहरु बैठकमा अनुपस्थित भएका हुन् ।

जसपाभित्रको पूर्वसमाजवादी पक्षले एकतर्फी रुपमा संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री लालबाबु राउतलाई बनाएकाले उक्त निर्णय सच्चयाउनुपर्ने पूर्व राजपा पक्षको माग छ । पूर्व समाजवादी पक्षले राउतलाई संसदीय दलको नेता चयन गर्दै पूर्व राजपाबाट मन्त्री बनेका जितेन्द्र सोनल तथा राज्य मन्त्रीहरु डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई बर्खास्त गरेको छ ।

पूर्व राजपा पक्ष समाजवादी मनमानी तरिकाले पार्टी विधान विपरित संसदीय दलको नेता चयन गरेकाले आफूहरु प्रदेशसभाको बैठकमा सहभागी नहुने पूर्व राजपाका सचेतक परमेश्वर साहले जानकारी दिए । उनले अवैधानिक तरिकाले गरेको निर्णय नसच्याएसम्म प्रदेशसभाको बैठकमा सहभभागी नहुने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds