2024-05-04

Close

जनकपुरधाम । आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले बारा सिमराकी संचारकर्मी रञ्जना खतिवडालाई बिहिवार स्वास्थ्य बीमावापतको प्राप्त रकम हस्तान्तरण गरेका छन् । यादवले खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

गत बैशाखमा ढाडमा पलाएको ट्युमरको शल्यक्रिया गरेकी खतिवडाले बीमावापत उक्त रकम प्राप्त गरेकी हुन् । आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९।८० मा मधेश प्रदेशका एक सय भन्दा बढी महिला पत्रकारको बीमा गरेको थियो ।

प्राधिकरणको पहलमा भएको उक्त बीमा कार्यक्रम अन्तर्गत खतिवडालाई रकम हस्तान्तरण गरिएको हो । प्राधिकरणको बीमा कार्यक्रमबाट विमित्तको रुपमा लाभान्वित हुने खतिवडा पहिलो महिला संचारकर्मी हुन् ।

खतिवडालाई चेक हस्तान्तरण गर्दै अध्यक्ष यादवले महिला पत्रकारलाई लक्षित गरी अघिल्लो वर्ष सुरु गरिएको बीमा कार्यक्रमलाई निरन्तरता दिइएको बताए । प्रदेशका सबै महिलालाई सार्वजनिक सूचनामार्फत आवहान गरेर बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरिएको भन्दै यादवले बीमा दावी गर्नुपरेमा प्राधिकरणसंग सम्पर्क गर्न सकिने बताएका छन् ।

प्राधिकरणले प्रदेशका सबै किसिमका संचारमाध्यमलाई व्यवसायिक बनाउन प्रयत्न गरिरहेको बताउँदै यादवले संचार क्षेत्रलाई स्थापित र स्थायित्व दिनका लागि गम्भिर हुन प्रदेश सरकारलाई आग्रह गरे । संचारकर्मीको दक्षता र क्षमता विकासका लागि प्राधिकरणले विभिन्न योजना बनाईरहेको यादवको भनाई थियो । यादवले मधेसका आठ वटै जिल्लामा यस वर्ष पनि विभिन्न क्षमता अभिवृद्धिमा केन्द्रीत रहेर कार्यक्रम गर्ने बताए ।

चेक हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले, राष्ट्रिय बीमा संस्थान जनकपुरधामका निमित्त प्रमुख खगेन्द्र थापालगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds