2024-04-20

Close

महोतरी – आज साउन महिनाको दोस्रो सोमवार पनि शिवालयहरुमा दर्शनार्थीहरुको भिडभाड लागेको छ ।

महोतरीको जलेश्वरमा अवस्थित यस क्षेत्रकै प्रसिद्व जलेश्वरनाथ मनकामना लिङ्ग जलेश्वरनाथ मन्दिरमा साउनको दोस्रो सोमवार दर्शनालुहरुको भिडभाड देखिएको छ ।

मन्दिरमा महोतरीका साथै धनुषा, सर्लाही र भारतिय पर्यटक तथा दर्शनालुहरुको समेत आगमण हुने भएकाले साउनको सोमवार मन्दिरमा भिडभाड हुने गर्दछ ।

जल भित्र बिराजमान बाबा जलेश्वरनाथको दर्शनका लागि महिला तथा पुरुष दर्शनालुहरुको भिडभाड बढदै गएको छ । मन्दिरलाई दुलही झै सजाइएको छ । मुख्यप्रवेशद्वारको समेत आकर्षक किशिमले सरसजावट गरिएको छ । व्यवस्थापनका लागि मन्दिर प्राङ्गणमा नगरप्रहरी, नेपाल प्रहरी सहितका सुरक्षाकर्मी खटाइएको छ । मन्दिर प्राङ्गणमा विभिन्न देवीदेवताको मन्दिरहरु समेत रहेकाले साउनका साथै हरेक महिना पर्यटकहरुको आगमण हुने गरेको स्थानिय बताउछन् ।

मन्दिर प्राङ्गणनै प्रसाद सहितका समानहरुको विक्रि स्टल समेत राखिने गरेकाले मन्दिरमा दर्शनालु तथा भिडभाड व्यवस्थापनमा केहि असहजता भने भएको देखिन्छ । पसलहरुलाई बाहिर उचित व्यवस्थापन गर्न सकिए भिड व्यवस्थापन सहज हुने समेत दर्शनालुहरु बताए ।

जलेश्वरनाथ सहित यस क्षेत्रका क्षिरेश्वरनाथ, सप्तेश्वरनाथ, कप्लेश्वरनाथ, भुतनाथ, शिवमन्दिर, टुटेश्वरनाथ, लंगुरखोला, भारतको सिमावर्ती कलानेश्वर महादेव सहितको शिवालयहरुमा साउनमा दर्शनालु तथा बोलबमका तिर्थालुहरुको बाक्लो भिड लाग्ने गर्दछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds