2024-04-25

Close

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले आफन्त र आसेपासेलाई नगरपालिकामा भर्ना गरेका छन् ।
नगरपालिकामा आएलगतै उनले आफन्त लक्ष्मण मण्डल र विनोद यादवलाई डेलिवेजमा भर्ना गरेका छन् । नगरपालिका बाहिरका यादवलाई भर्ना गरेर अधिकृत अधिकारीले कामै नगराई डेलिवेजमा तलब खुवाउदै आएको स्थानीयले आरोप लगाएका छन् ।
उच्च अदालत जनकपुरको आदेश टेकेर नगरपालिका छिरेका अधिकारीले प्रशासनिक कामभन्दा आफन्त भर्नालाई प्राथमिकतामा राखेका छन् । यसै साता मात्रै उनले चार जना नगर प्रहरीलाई हटाएर आफनो निकटका व्यक्तिहरुलाई काममा लगाएका छन् । सुजित साह, मुकेश राउत, सुभाष कापर र गोविन्द मण्डललाई नगर प्रहरीबाट हटाएका छन् । नगरपालिकाले गरेको विज्ञापन अनुसार प्रक्रिया पूरा गरेर चारै जना नगर प्रहरीमा भर्ना भएका थिए ।
कार्य सम्पादनमा कमजोर देखिएका उनी जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिकामा काम गर्न असहज भएपछि हंसपुर आएका छन् । हंसपुरका मेयर रामज्ञान मण्डलले पनि उनलाई हाजिर गराउन अस्वीकार गरेपछि उनी अदालतको ढोका ढकढकाएका थिए । अदालतले उनको पक्षमा आदेश गरेपछि हंसपुर नपामा हाजिर भएका हुन् । नगरपालिका गएदेखि उनी मेयर मण्डलसित निहुँ खोज्दै आएका छन् ।
मेयरको अनुपस्थितिमा महत्वपूर्ण निर्णयहरु गराएपछि अधिकृत अधिकारी थप विवादित बनेका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds