2024-04-27

Close

जनकपुरधाम । धनुषाको कमला र हंसपुर नगरपालिकाले शितलहर र जाडो अत्यधिक बढेपछि एक साताका लागि नगर क्षेत्र भित्रका सबै विद्यालयमा बिदा दिएको छ ।

अत्यधिक चिसोको कारण विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा पठनपाठन गर्न समस्या भएकोले हिउँदे विदाबाट कट्टा हुने गरी यही पुस २३ गतेदेखि २९ गतेसम्म एक साताका लागि सबै विद्यालयमा नगरपालिकाले जाडो बिदा दिएको छ ।

हंसपुर नगरपालिकाले विद्यालयको प्रशासनिक कामकाज खुल्ला राखेर एक सताका लागि विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै विद्यालयमा जाडो विदा दिइएको छ । भने कमला नगरपालिकाले पूर्ण रुपमा विद्यालयहरुमा विदा दिएको छ ।

नगरपालिकाले शैक्षिक क्यालेण्डरमा तोकेको सात दिनको जाडो बिदा बमोजिम भोलि सोमबारदेखि अघिल्लो आइतबारसम्मको लागि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा बिदा दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds