2024-04-28

Close

सिरहा । सिरहामा अदालती कार्यप्रक्रिया तथा उजुरी फर्छयौट सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा सिरहाको होटल रमझममा गरिएको कार्यक्रममा शिक्षा क्षेत्रमा अदालती कार्यप्रक्रिया तथा उजुरी फर्छयौट सम्बन्धि विभिन्न बिषयमा प्रकाश पारिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख शशि कुमार यादवको अध्यक्षता एवम् शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरकी निर्देशक अनिता कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
विद्यालयमा सुशासन कायम राख्ने उदेश्यले यस्ता कार्यक्रमहरु प्रभावकारी हुने निर्देशक कोइरालाले बताइन् ।

जिल्ला शिक्षा कार्यालयहरू लाई सक्रिय बनाई विद्यालयको विद्यमान शैक्षिक प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन शिक्षामा अदालती कार्यप्रक्रिया पनि जान्नु जरुरी रहेको देखिन्छ ।
शिक्षण पेशामा कतिपय क्रियाकलापले केरियरमा पनि असर हुने खाले विभिन्न एक्सनहरु काम कार्वाही हुने भएकाले यसमा सजग रहनु पर्ने यसमा जोड दिन इकाइ प्रमुख यादवले बताए । । यस्तै विद्यालयमा शैक्षिक सुशासन कायम गर्नु पर्नेमा जोड दिनुपर्ने उनले थपे ।

विद्यालय संग सम्बन्ध राख्ने उजुरी र गुनासोहरु सम्बन्धि निकाय बाट खोजबिन भएमा खण्डमा माग गरेको कागजात तत्काल उपलब्ध गराउनु पर्ने बताए ।

शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको शाखा अधिकृत बिनिता सत्यालले अदालती प्रक्रिया तथा उजुरी फर्छौट सम्बन्धि कार्यक्रमलाई सहजीकरण गरेकी थिइन ।

उक्त अन्तरक्रियामा शिक्षा शाखा प्रमुख , विभिन्न विद्यालयका प्र.अ ,शिक्षक , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds