अप्पन जनकपुर
जनकपुरधाम । धनुषा प्रहरीले दुई कट्ठाको गाँजा खेती नष्ट गरेको छ । प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर १ फुलवरीया र वडा नम्बर ५ बनरझुल्लामा गाँजा खेती नष्ट गरेको हो ।
आज दिउँसो १ बजेको समयमा ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार भट्टको कमाण्डमा खटेको प्रहरीको टोलीले स्थानीयहरु व्यक्तिहरुको अन्दाजी दुई कट्ठा जग्गामा आफै उम्रेको गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवंम् डीएसपी रञ्जन अवाले जानकारी दिए ।
उनले उक्त जग्गामा उम्रेको ६ सय ५० वटा गाँजाको बोट नष्ट गरिएको जानकारी दिए ।
This will close in 20 seconds