2024-04-13

Close

जनकपुरधाम । मधेश प्रदेश राष्ट्रियसभा सदस्यको २ पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मधेश प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले महिला समूह तर्फ उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यस्तै एमालेबाट विजेता झा र उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनु भएको हो । सत्ता गठबन्धनको निर्णय नमानेपछि जनमत पार्टीबाट रामशंकर महासेठले समेत राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनु भएको ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटको हुनुन्छ ।

यता एमालेले अन्यतर्फ अर्जुन सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा उहाँको नाम नभेटिएपछि उम्मेदवारी दर्ता हुन सकेन । उहाँकै स्थानमा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो । एमालेको अर्का उम्मेदवार थरुनी पर्साको हुनु हुन्छ ।

मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds