2024-04-23

Close

विपिन कुमार यादव,
जनकपुरधाम : प्रदेश २ सरकारमा दुई नयाँ मन्त्री थपिएका छन्। शनिवार माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह र सचेतक रुबी कर्णले शपथ लिएका हुन्।

मातृभाषामा शपथ लिने अडानका कारण डेढ घण्टा ढिलो
नवनियुक्त मन्त्रीद्वयको शपथ ग्रहणको समय दिउँसो ३ बजेका लागि निर्धारण गरिएको थियो । तर शपथ ग्रहण समारोह डेढ घण्टा अबेर शुरु भयो ।

नवनियुक्त मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए । शपथकै भाषाको विषयमा कुरा नमिलेकाले शपथ ग्रहण समारोह ढिलोगरी शुरु भएको थियो ।

प्रदेश प्रमुख डा. राजेश झाले मन्त्री भरत साह र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई शपथ ग्रहण गराएका हुन्। दुवैजनाले नेपाली भाषामा शपथ लिएका छन् ।

सत्ता समीकरणको खेलमा जनता समाजवादी पार्टीले आफ्नै मन्त्रीलाई राजीनामा गराएर माओवादी केन्द्रबाट मन्त्री नियुक्त गरेको हो।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाको स्थानमा उनीहरु मन्त्री बनेका हुन्।

सरकारमा सहभागी गराउन समाजवादी पार्टीका दुई मन्त्रीलाई राजीनामा गराएर माओवादी केन्द्रलाई दुई मन्त्री दिइएको हो।

साह महोत्तरी क्षेत्र न १ (ख) बाट निर्वाचित सांसद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद् हुन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds