2024-05-09

Close

सर्लाही । सर्लाही जिल्ला स्थित विभिन्न नाका अहिले तस्करीको अखडा बनेको छ । घुमुवा प्रहरी रकम असुलीमा लागेपछि र्सलाहीको नाका तस्करहरुको अखडा बनेको हो ।
र्सलाहीको त्रिभुवननगर नाका सहित विभिन्न नाकाबाट प्रहरीको संरक्षणमा खुलेयाम तस्करी भैरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले तस्करी रोक्न कडा निर्देशन जारी गरे पनि तस्करी रोकिएको छैन ।

तस्करहरुको बढ्दो प्रभाव र सक्रियताका कारण यस क्षेत्रका विभिन्न नाकाबाट ब्यापक तस्करी भएको हो । सर्लाही जिल्ला स्थित पर्सा, त्रिभुवननगर, मलङ्ग्वा, भाँडसर खुटौना, फेन्हारा, बहादुरपुर, मधुवन गाउँ, सग्रामपुर, नारायणपुर र बलरा नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुन थालेको छ । र्सलाहीमा तस्करीको लाइन प्रहरी वरिष्ठ सई अरुण प्रसाद यादव र प्रहरी सहायक हवल्दार राम अयोधी यादवले दिएका हुन । यी व्यापारीलाई तस्करी गराउन लाइन दिए बापत र्सलाहीका प्रहरी प्रमुख सहित नामबाट मासिक अवस्था हेरेर २ देखि ४ लाखसम्म लिने गरेको व्यापारीहरू बताउँछन् ।

बलरा नाकाबाट विजय यादवले प्रहरीद्धय यादवलाई मासिक दुई लाख, संग्रामपुर नाकाबाट उमेश तीन दाजुभाई मासिक दुई लाख, राजदेवी मन्दिर हुँदै मंलगवा, गम्हरियाको तस्करी लाईनमा विजय यादव, ईन्दल यादवले मासिक एक लाख ५० हजार, त्यसै नाकाबाट रामविश्वास यादव, प्रकाश यादवले एक लाख ५० हजार, गोरखकालि नाकाबाट ईलेक्ट्रोनिकको मालसमान ल्याउने जयकिशोर यादव मासिक ८० हजार, पर्साबाट कपडा तस्करी गर्ने विजय पुकार मासिक ८० हजार, नेपालबाट भारत चाईनिज मालसमान पुर्याउने तस्कर भाईलोकबाट मासिक ८० हजार, मनोज यादव (बलरा नाका) बाट ८० हजार मासिक रुपमा घुमुवा प्रहरी यादवद्धयले असुली गर्दै आएको व्यापारीहरु बताउँछन् ।

भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरुमा छड, कपडा, सिमेन्ट, चिनी, तेल, चामल, मलखाद्य, धान, स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा किराना लगायतका सामग्रीहरु रहेका छन् । तस्करहरुले भने नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु चोरी निकासी गर्दै आएका छन् । तस्करहरुले दिनहुँ खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ ।

त्रिभुवननगर नाकाबाट तस्करीको लाइन पाउने तस्करहरूमा माधव यादव कपडा, हुसेनी कपडा, ईन्दल यादव कपडा, बिजय चौधरी कपडा, मरिच, केराउ, बिजय साह कपडा, सुखा, बिरेन्द्र साह हार्डवेयर, सुबोध हार्डवेयर, भगत जि कपडा, रिता साह सबै थोक, सरिता चौधरी सबै थोक, राजा किराना प्रगास यादव हिरिया जिरिया किराना, बिरेन्द्र साह कवाड, राकेस साह कवाड, अशोक गुप्ता कवाड, उमेश पटेल पैठारी, बिजय साह किराना पिक्पमा सन्तोष साह उर्फ सन्तोष डिलर किराना पिक्पमा छन् ।

यसबाहेक सखुवहाबाट समेत तस्करी भैरहेको छ । ती तस्करीको सामानहरू लालवन्दी सम्म पुग्ने गर्दछ । दैनिक दुई दर्जन बढी मोटरसाइकलबाट कपडा, सुर्तीजन्य सामान र अन्य घरायसी सामानहरूको ठूलो तस्करी भैरहेको छ ।

त्रिभुवननगर नाकाबाट उमेश राउत केराउ र छोकडाको तस्करी गरिरहेका छन् । मनिष चौधरी, प्रकाश यादव , राजेश कुशवाह समेतले तस्करीको लाइन पाएका छन् ।

प्रहरीलाई नै बदनाम गर्ने गरी यी घुमुवा प्रहरी रकम असुलीमा लाग्दा सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ ।

र्सलाहीका प्रहरी प्रमुखको निर्देशन विपरित घुमुवाहरुले सेटिङ मिलाएर असुली धन्दालाई जारी राखेको प्रत्यक्षदर्शी बताउँछन् ।

एसपीले तस्कर र तस्करीको जालो पत्ता लगाउन घुमुवा परिचालन गरेको भए पनि ति घुमुवाहरु जिल्ला प्रहरी कार्यालय र्सलाहीमा कार्यरत एक प्रहरी निरिक्षकको सेटिंगमा तस्करसँंग मिलेर असुली धन्दा मच्चाइरहेका छन् ।

घुमुवाले सेटिङ मिलेका अवैध सामानहरु आफैले स्कटिङ गरेर भित्रियाउने तथा सीमा पार गराउने गरेको स्रोत बताउँछ ।

रक्सी भठ्ठीबाट समेत घुमुवा प्रहरीको असुली

र्सलाहीको भारसरमा रक्सी भठ्ठी संचालन बापत समेत घुमुवा प्रहरी यादवद्धय असुली गर्दै आएको छ ।

घरेलु रक्सी भठ्ठीबाट मदिरा उत्पादन गर्दै आएका रामबाबु पासवान, मनोज पासवान, विरेन्द्र पासवान, सतो पासवान, राकेश पासवान, रजन राय, शिवजी सहनी, रोहित कलवार, श्रीकान्त कलवारले सगोलमै मासिक ६० हजार प्रहरीले लिने गरेको उनीहरु बताउँछन् ।

कौडेनाका रामबाबु चौधरी, लुटन मुखिया, रितेश मुखिया, राजु चौधरी, विरेन्द्र चौधरी, शिव शंकर चौधरीबाट पनि घरेलु मदिरा भठ्ठी संचालनबात घुमुवा प्रहरीले मासिक रुपमा पैसा लिने गरेका छन् । घुमुवा प्रहरीले घरेलु मदिरा भठ्ठी संचालकबाट पैसा लिने गरेको स्थानीयहरु बताउँछ् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds