2024-05-04

Close

विपिन यादव                                           जनकपुरधाम । धनुषाको विदेह नगरपालिका तिनकौरिया चोकस्थित सँचालनमा आएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन करिब ६१० जनाले सेवा लिएका छन् ।

श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालयका गिद्धा बेलापट्टीका प्रधानाध्यापक पवन कुमार मण्डलको सहयोगि थिए । शिविरको उद्घाटन समारोहमा बोल्दै विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोईत (देवेन्द्र) ले मानव स्वास्थ्यबारे चर्चा गर्दै शिविरको सफलताको कामना गरेका थिए ।

शुक्रबार पहिलो दिन भएको स्वास्थ्य शिविरको क्रममा विदेह नगरपालिकासहित आसपासको स्थानीय तहका सर्वसाधारणहरुले समेत सेवा लिएका हुन् ।

जनकपुरधामस्थित रहेको मेदनता रिसर्च क्लिनिकको आयोजनामा सँचालन भईरहेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको क्रममा पहिलो दिन करिब ६१० जनाले चेकजाँच गराएका हुन् ।

१५ जना विशेष डाक्टरहरुको टोलीले विदेह नगरपालिका वडा नं. ६ श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा शिविर लगाएको छ । सो शिविरको क्रममा विदेह नगरपालिका, शहिदनगर नगरपालिका र कमला नगरपालिका बाटसमेत सर्वसाधारणहरु चेकजाँचको लागि आएको आयोजक सँस्थाका प्रबन्धक डाक्टर दिगविजय ठाकुरले जानकारी दिए ।

चिसो मौसमका कारण सर्वसाधारणहरु निःशुल्क सेवा लिनको लागि अपेक्षाकृत रुपमा नआएपनि भोली शनिबार हुने अन्तिम दिनमा अधिक सर्वसाधारणहरु चेकजाँचको लागि आउने दाबी गरे ।

डाक्टर ठाकुरका अनुसार, दुई दिने निःशुल्क चेकजाँच शिविरको क्रममा ब्लड टेस्ट, किडनी, लिभर, पिसाब टेष्टको साथै ईसिजी, सर्जरी तर्फ समेत सेवा दिएका हुन् ।

जनकपुरको चर्चित डाक्टरहरुको टोलीले सर्वसाधारणलाई सेवा दिएको हो । शनिबार समेत ती टोलीले निःशुल्क सेवा दिने भएको छ ।

शुक्रबार भएको निःशुल्क स्वास्थ्य शिविरमा मेदनता रिसर्च क्लिनिकले शिविर संचालन गरेको हो । डा. दिगविजय कुमार ठाकुर, डा. रामाशंकर प्रसाद यादव, डा. अभय मण्डल, डा. राजेश कुमार साह, डा. दिलिप कुमार यादव, डा. संजय कुमार साह, डा. सुनिल सिंह, डा. कुन्दन मिश्र, डा. दिनेश साह, डा. कृष्ण अरगरियासहित विशेषज्ञ डाक्टरको दुई दिने वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको हो । शुक्रबार र शनिबार हुने निशुल्क स्वास्थ्य शिविरमा १५ जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गरिएको छ । निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बाल रोग, शल्य क्रिया, मुटुरोग, मानसिक तथा नसा, हाडजोर्नी तथा नसा रोगको उपचार गरिएको छ । यसैगरी छाला तथा यौन रोग, नाक, कान, घाटी, दन्त सेवा, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण गरिएको छ ।        

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds