अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं.५ का वडाध्यक्ष राधेश्याम गोईत (देवेन्द्र) ले माघ ८ गते घर-घरमा दिपावली गर्न अनुरोध गरेका छन् ।
५५० बर्षपछि भगवान रामको अयोध्या आगमन हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन वडाध्यक्ष गोइतले अनुरोध गरेका हुन् । सामाजिक संजाल फेस्बुकमा लेख्दै उनले माघ ८ गते अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।
वडाध्यक्ष गोईतले विदेह नगरसहित वडा ५ वासीलाई जनवरी २२ तारिख अर्थात माघ ८ गतेको साँझ घर घरमा दीप प्रज्वलन गर्न अनुरोध गरेका हुन् ।