2025-04-30

Close

काठमाडौं । बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेश प्रदेश सरकारले मधेश गान सार्वजनिक गरेको छ । मधेश प्रदेश सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट सरकारले मधेस गान भन्दै सार्वजनिक गरिएको हो ।

‘मधेस है अपनी आनबान, जीवनधारा है मधेस, मधेस मे बस्ती जान हमारी, प्राण से प्यारा मधेस, मधेस हमारा जिने का मक्सद, रगरग बसा मधेस, मधेस है अस्तित्व हमारा, धर्मा–कर्मा मधेस । जय मधेस, जय मधेस ।’

यो गीत पहिला मैथिली भाषामा लेखिएको थियो । मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरी ‘भ्रमर’ द्वारा मैथिली भाषामा लेखिएको सो गीतलाई हिन्दीमा डा. सागरले रूपान्तरण गरेका हुन् । मधेश गान भारतका चर्चित गायक उदित नारायण झा र नेपालका गायक रविराज साहले गाएका छन् ।

गीत सार्वजनिक भएपछि त्यस बारेमा विभिन्न टीका टिप्पणीहरू भइरहेका गरेका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले भनेका छन्, ‘मधेश गानको प्रस्तुतिमा मेरो आपत्ति छ है,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मधेशी शान्ति प्रिय समाज हो । समानता र न्यायकै लागि विभेदविरुद्ध मधेस विद्रोह भएको हो । १५ देखि २० लाख मधेसीले शान्तिपूर्ण मानव शृङ्खला बनाएर राज्य सत्तालाई जगाउन खोजेकै हो ।’

गानको प्रथम फ्रेममै मधेसीले ढुङ्गामुढा गरेको दृश्य कति उचित छ भनेर प्रश्न गर्दै उनले यसले मधेशीबारे गलत अवधारणा प्रस्तुत गरेको टिप्पणी गरेका छन् । भिडिओमा हरेक फ्रेममा पटक पटक एउटै व्यक्ति दोहोरिएको छ, यसले असङ्ख्य मधेशीले अधिकार प्राप्तिको लागि गरेको सङ्घर्षको सम्यक् तस्बिर प्रस्तुत नगरेको उनले टिप्पणी गरे ।

सल्लाहकार अग्रहरीले यो सरकारको आधिकारिक गान हो कि होइन आफूलाई जानकारी नभएको बताए । ‘सरकारी गान बनाउनका लागि त्यसको प्रक्रिया हुन्छ, यसमा कुनै प्रक्रिया अपनाइएको हो जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘सरकारी कार्यक्रममा यो गान सार्वजनिक भएको हो तर यो मधेश सरकारको गान हो भन्ने जस्तो मलाई लाग्दैन ।’

प्रतिष्ठानका अध्यक्ष कापडीले पनि यो गान सरकारी हो कि होइन भन्ने आफूलाई जानकारी नरहेको बताए । यो गीत आफूले मैथिली भाषामा लेखेको र पछि गायक रविराज साहले यसलाई कम्पोज गर्छु भनेर लगेको उनको भनाई छ । त्यसपछि यसलाई हिन्दीमा रूपान्तरण गरेर गान नै सार्वजनिक गरेको उनले बताए ।

सबै समुदाय र भाषाका व्यक्तिले बुझुन भनेर नै हिन्दीमा यो गीत बनाएको बताउँदै उनले अरू कुरा आफ्नो जानकारीमा नरहेको प्रष्ट पारे । ‘हिजो मधेस गान सार्वजनिक हुँदैछ भन्ने मलाई जानकारी पनि थिएन । त्यहाँ गए पछि मात्र गीतको बारेमा थाह पाएको हुँ,’ उनले भने, ‘सरकारले सहयोग गरेको मैले सुनेको हुँ, समाचार पढेपछि थाहा पाए कि यो गानका लागि मधेस सरकारले सहिद प्रतिष्ठानबाट लगानी गरेको छ । अरू कुरा मलाई केही पनि थाह छैन ।’

यो गीत धेरै नै राम्रो रहेको, मधेसी समाजको भावनालाई समेटिएको बताउँदै उनले यस प्रकारको गीतहरूमा सरकारले लगानी गर्नुपर्ने बताए । यो गान बनाउन दिन रात खटेका गायक रविराज साहले यो मधेस सरकारको आधिकारिक गान भएको र सरकारले आग्रह गरेको आधारमा नै आफूले यो गान तयार पारेको बताए । उनले भने, ‘मधेस सरकारले प्रतिष्ठानका अध्यक्ष रामभरोसी कापरीलाई गीत लेख्न लगाएर त्यसलाई कम्पोज गर्न मलाई दिएको हो ।’ यो गीत गाउनका लागि मधेस सरकारले नै भारतीय गायक उदित नारायण झालाई आग्रह गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर