2024-03-29

Close

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै अनेरास्ववियु अध्यक्ष सुनिता बरालले इन्धनको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै फिर्ता नभए कडा संघर्षका कार्यक्रम अघि सार्ने चेतावनी दिएकी हुन् ।

‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थ, एलपी ग्यासको मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको वेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरु निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरु प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछौं ।’

अनेरास्ववियुले आफ्ना माग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ । ‘हाम्रा मागलाई अविलम्ब सम्बोधन नगरिए कडा संघर्षका कार्यक्रमहरु अघि सार्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छौँ’, बरालले सार्वजनिक गरेको विज्ञप्तिमा थप भनिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds