2024-05-09

Close

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकास्थित अवैद्य उत्खनन गरी बालुवागिट्टी लग्ने ट्रिपरलाई नगर उपप्रमुखले कारवाही गर्न खोज्दा प्रहरीले छाडेको हो ।

गौशाला नगरभित्र रहेको खोलाबाट अवैद्य ढुँगागिट्टी र बालुवाको तस्करी भएपछि उपमेयर रेणु कुमारी महतोले आफैँ ट्रिपर रोकिन् । नगर उपप्रमुखको हैसियतले अवैद्य उत्खनन रोक्न पुगेकी उपमेयरले ट्रिपरलाई रोकेपनि प्रहरीले छाडिदिएको बताईएको छ ।

गौशाला नगरपालिका वडा नं. १० मरहा खोलाबाट अप्रत्यासित रुपमा अवैद्यानिक तवरले उत्खनन गर्न थालेपछि जानकारी अनुसार उपमेयर महतोले ट्रिपर रोक्न पुगेकी थिईन् । उनले अधिकार बमोजिम ट्रिपर रोकेर राख्दै प्रहरीलाई समेत खवर गरिन् ।

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी ईन्चार्ज मनोज यादवले सो ट्रिपरलाई छाडेपछि विवाद चुलिएको हो । अवैद्य रुपमा उत्खनन गरिरहेको ट्रिपरलाई बिना कारवाही गर्दै प्रहरीले छाडेपछि उपमेयर महतोले प्रहरीको मिलोमत्तोमै उत्खनन भएको बताईन् ।

ढुङ्गागिट्टी बालुवाको माफिया तस्कर खोला र अवैध खन्नेचोरहरुको संरक्षक बनेर इलाका प्रहरी गौशालाले प्रदेश २ ०२००१ ख ०० ४६–००४७ नम्बरको ट्रिपर नगर उपप्रमुखले समाउँदा विवाद सिर्जना भइरहँदा इलाका प्रहरी कार्यालयको प्रमुख यादवले नदेखेको जस्तै बहाना गरी छाडेको आरोप छ ।

उपमेयर महतोले गोप्य सूचनाको आधारमा अनुगमन गर्दा पक्राउ गरेको सो ट्रिपरलाई गौशालाका ईन्सपेक्टर मनोज यादवले छाडेपछि उनले महिनबारी लिएको आरोप लगाईएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds