जनकपुर जेसिजलाई नयाँ ट्रयाकमा ल्याउन मेरो उम्मेदवारीः कार्यकारी उपाध्यक्ष पदका उम्मेदवार साह

जनकपुरधाम । जनकपुर जेसिजको लागि कार्यकारिणी उपाध्यक्ष पदका उम्मेदवार रजनिश साहले जनकपुर जेसिजलाई नयाँ ट्रयाकमा ल्याउन आफू उम्मेदवारी दिएको बताएका छन् ।

जेसिज बर्ष २०२४ को लागि भोली शुक्रबार हुने अधिवेशनको क्रममा जनकपुर जेसिजको कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका उनले जेसिज जस्तो मर्यादित र प्रतिष्ठित सँस्थालाई नयाँ आयाम थप्ने उदेश्यले आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

बिज्ञापन

जगत जननी सीताको भूमि जनकपुरधामलाई विभिन्न दृष्टिकोणबाट पहिचान मेटिदै गएको अवस्थामा जेसिज जस्तो सँस्था मार्फत समेत जनकपुरधामको मर्यादालाई पुरानो लयमा फर्काउनको लागि युवाहरुको सहभागीता अनिवार्यतालाई मध्यनजर गर्दै उम्मेदवारी दिएको बताए ।

उनले जनकपुरधामलाई धार्मिक नगरी भनिएपनि औचित्य खारेज जस्तो भएको अवस्थामा यहाँका व्यावसायी, युवाहरु, विद्यार्थी, राजनीतिक दलका नेताहरुसँग समन्वयकारी भूमिका निर्वाहको लागि चाहिने भिजन आफू बोकेर उम्मेदवारी दिएको बताए । उम्मेदवार साहले नयाँ युवाहरुको हातमा कमान आएपछि जेसिजको मर्यादामा थप तारा थपिने बताए ।