2024-05-04

Close

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवविरुद्ध प्रतिपक्षी दलसहित प्रत्यासीहरुले आन्दोलन गरेका छन् ।

मंगलबार जनकनन्दिनी गाउँपालिकामा अध्यक्ष यादव नआएको भन्दै एमाले, काँग्रेस, माओवादी, जसपा (शैलैन्द्र ग्रुप), एकिकृत समाजवादी पार्टीका प्रतिनीधिहरुले विरोध जनाएका छन् ।

विगत एक सातादेखि गाउँपालिका अध्यक्ष गाउँपालिकामा नआएको भन्दै उनीहरुले जुगलबन्दी गर्दै उनको विरोध जनाए । गाउँपालिका कार्यालय पसेर विभिन्न दलका कार्यकर्ताहरुले अध्यक्ष यादवप्रति खनिए ।

गाउँपालिका अधिकृतविहिन भएको बेला दरबन्दी अनुसार अधिकृत हाजिर गराउनुपर्ने, विगत दुई आर्थिक बर्षको हरहिसाब पारदर्शी, अध्यक्षको नियमति कार्यकक्ष बसाईको माग राख्दै कार्यालय तनावग्रस्त बनाएको थियो ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्ष समेत नआउँदा आम सेवाग्राहीलाई सास्ती भोग्नुपरेको उनीहरुको कथन छ । सयौँ ईमरजेन्सीका सेवाग्राहीहरुलाई मार्का भएपछि उनीहरुले गाउँपालिका सुधारको लागि एकबद्ध भएको बताए ।

गाउँपालिका अध्यक्षका लागि प्रत्यासी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका पराजित उम्मेदवार कमलेश कुमार झा (४९ मत) ले अध्यक्ष यादवविरुद्ध ज्ञापन पत्र बुझाउन जाँदा पनि अध्यक्ष यादवले समय नदिएको भन्दै समाजिक सँजाल मार्फत विरोध जनाए । उनले फेसबुक लाईभ आएर विभिन्न दलका कार्यकर्ता, नेताहरुलाई भाषण ठोक्न लगाएका थिए । उनी प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित अध्यक्ष यादवलाई जसपाले समेत विरोध जनाएको थियो । जनकनन्दिनीमा पशुपति यादव समूह र शैलेन्द्र यादव समूहबीच टशन बढदै गएपछि शैलेन्द्र यादव समूहले अध्यक्ष यादवको विरोध जनाएको हो । शैलेन्द्र समूहमा वडा नं. १ का पूर्व वडाध्यक्ष धर्मेन्द्र गोईत लगायतका रहेका छन् ।

स्थानीय निर्वाचन २०७९ मा जसपाबाट वडाध्यक्षको टिकट नपाएपछि आक्रोसित बनेका गोईतले आफ्नै पार्टीका गाउँपालिका अध्यक्ष विरुद्ध निरन्तर विरोध जनाउँदै आएको बताईएको छ ।

गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका अयोधी दासलाई वडाध्यक्षहरुले हटाएपछि गाउँपालिका अस्थिर भएको हो । प्रमुख प्रशासकीय अधिकृतको रुपमा सर्वजीत कुमार झा आएपछि एक महिनामै रवाना लिएर सरुवा भएदेखि गाउँपालिकाको अवस्था बिग्रेको हो । नयाँ अधिकृतको लागि अझै पहल नभएको बुझिएको छ । अधिकृतको लागि पहलको अधिकार गाउँपालिका अध्यक्षमा निहित रहेको छ । अध्यक्षले सिफारिस गर्ने निमित्त वा दरबन्दी अनुसारको अधिकृत संघीय मामिला मन्त्रालयले पठाउने प्रावधान छ ।

गाउँपालिका उपस्थित कर्मचारीहरुले यस सन्दर्भमा केही बोल्न चाहेनन् । कार्यालय प्रमुख, अध्यक्ष र उपाध्यक्ष बाहेक अन्य सबै कर्मचारीहरु गाउँपालिकामा उपस्थिति जनाएका थिए ।

विभिन्न दलको विरोधको सन्दर्भमा गाउँपालिका अध्यक्ष यादवले कुनै प्रतिक्रिया जनाएनन् । उनले व्यवस्तता जनाउँदै कुनै टिप्पणी गर्न चाहेनन् ।

यस्तै, जनकनन्दिनी गाउँपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष हरिचन्द्र कामत, वडा नं. १ का पूर्व वडाध्यक्ष धमेन्द्र गोईत, गाउँपालिका अध्यक्ष पदका प्रत्यासी (निकटम प्रतिद्धन्द्धी) एवम् प्रतिपक्षका सुदेश कुमार चौधरी, पूर्व गाउँपालिका उपाध्यक्ष भारती कार्की (सहगल) लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds