2024-04-16

Close

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर समूहले शुक्रबादेखि भदौ नौ गते बुधबारसम्म मुलुकभर अगुवा कार्यकता भेला गर्ने भएको छ । अध्यक्ष महन्थ ठाकुरले आज एक अपील जारी गर्दै भेलामा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।

अपीलसँगै सार्वजनिक अगुवा कार्यकता भेलाको तालिका अनुसार शुक्रबार सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा कार्यक्रम हुनेछ । त्यस्तै शनिबार झापा, मोरङ, धनुषा, पर्सा र कैलालीमा, २४ साउनमा सुनसरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु र कञ्चनपुरमा, २५ साउनमा नवलपरासीर बर्दियामा, २६ साउनमा बाँकेमा २७ साउनमा सुदूरपश्चिम प्रदेश अत्तरियामा, ३० साउनमा बागमती प्रदेश काठमाडौँमा कार्यक्रम हुनेछ ।

त्यस्तै तीन भदौमा इटहरीमा, ५ भदौमा पोखरामा, ७ भदौमा बुटवलमा र ९ भदौमा सुर्खेतमा कार्यक्रम गर्ने तालिका सो समूहले सार्वजनिक गरेको छ । तालिकासँगै सार्वजनिक अपीलमा पार्टी विभाजनसम्म भएका क्रियाकलापबारे प्रष्ट्याउन खोजिएको छ ।

सत्ता समीकरणबारे विवाद भएपछि हेड काउन्टका आधारमा नर्विाचन आयोगले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपछि ठाकुर समूहले देशव्यापी कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds