2024-05-03

Close

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका ६ का मुटुरोगी २१ वर्षीय दिलीप यादवलाई समाजसेवी शर्मिला थापाले आर्थिक सहयोग गरेकी छिन् ।

मुटुमा रहेका प्वाल टाल्ने शल्यक्रियाका लागि समाजसेवी थापाले घरमै पुगेर दिलीपलाई दस हजार नगद सहयोग गरेकी हुन् । दिलीपको मुटुको शल्यक्रियामा छ लाख रुपैयाँ लाग्नेभएको छ ।

स्थानीय पत्रकार विवेक यादवको आग्रहमा दिलीपलाई नगद सहयोग गरेकी थापाले उनको उपचारका लागि अन्यत्रबाट समेत थप सहयोग गराउने प्रतिबद्धता गरिन् ।

समाजसेवी थापाले आफूले एउटा विपन्न परिवारलाई उपचारका लागि थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले सबैले आआफ्ना ठाउँबाट ससाना रकम सहयोग गरे भविष्यका एक कर्णधार जोगाउन मद्दत पुग्ने उल्लेख गरिन् ।

उनले मुटुरोगी दिलीपको उपचारमा सहयोग गराउन प्रदेश सरकारसँग समन्वय गर्ने पनि बताइन् ।
नेपाली काँगेंस प्रदेश कार्यसमिति सदस्य लक्ष्मी खरेल, हरिपुर्वा नगरपालिकाका पूर्वमेयर सियाराम राय र सञ्चारकर्मी राकेश गुप्तालगायतका व्यक्तिको उपस्थितिमा मुटुरोग पीडित युवकलाई सहयोग गरिएको थियो ।

मुटुरोगी दिलीपलाई हालसम्म तीन लाख ६० हजार रुपैयाँ देशविदेशबाट आर्थिक सहयोग जुटेको स्थानीय पत्रकार विवेकले जानकारी दिए । उनले मुटुरोगी दिलीपका आफन्त सुकेश्वरराय यादवको एनआइसी एसिया बैंकको खाता नं.१३८५७५९४९८३०८००१ मा आर्थिक सहयोग गर्न मनकारीहरूलाई आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds