प्रसौनी नाकाबाट ठुलो मात्रामा लत्ताकपडा र अलीको भैसी तस्करीले गन्हायो ; सम्बन्धि चौकी र बिओपी मौन

वीरगंज २८माघ

 भारतको सीमासंग जोडिएको पर्साको प्रसौनी नाका भएर भैसी र  कपडाको तस्करी बढेको छ । भारतबाट तस्करी गरी ल्याइएको कपडमा मनग्य मुनाफा हुने भएकोले स्थानीय प्रहरी प्रशासनकै संरक्षणमा कपडा तस्करी बढेको हो । नेपालभन्दा भारतमा कपडा सस्तो पर्ने भएकोले तस्करी मार्फत पर्साको विभिन्न ठाउँमा कपडा पु¥याउने गरेको खुलेको छ ।

बिज्ञापन

भारतको प्रसिद्ध बजार भेलाही र बेतियाबाट समेत ठुलो परिमाणमा कपडा र ठुलो मात्रामा भैसी  खरिद गरी पर्साको प्रसौनी नाका भएर तस्करीको माध्यमबाट नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । यी सिमानाकाबाट तस्करी भएर आएको कपडा पर्साको विन्दवासिनी, प्रसौनी भाठ्ठा, पोखरीया, बिश्रामपुर, डोकैला बहुअरी लगायतको ग्रामीण ठाउँमा संचालित कपडा पसलहरूमा जाने गरेको स्रोतले जनाएको छ । दिउँसो केही कम कपडा तस्करी भए पनि राती र बिहान ३, ४ बजेको समयमा प्रसौनीका विभिन्न नाकाहरुबाट व्यापक कपडा तस्करी बढेको स्थानीयले पनि बताएका छन् ।

रातमा खट्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरीले नै तस्करलाई संरक्षण गरी कपडा निर्यात गर्नमा सघाउने गरेकोले सो क्षेत्रबाट कपडा तस्करी गर्ने तस्कर कपडाको कारोबार गर्न उम्किएका छन् ।पर्साको विन्दवासिनी, बिश्रामपुर, डोकैला बहुअरी, पोखरीया, लगायतका ठाउँमा संचालित कपडा पसललेहरुले सोही ठाउँ भएर भारतबाट खरिद गरेको कपडा तस्करी गरी ल्याई बिक्री वितरण गर्दै गरेको स्रोतको दाबी छ । हाललाई कपडा तस्करीले व्यापकता पाए पनि पछिल्लो समय प्रसौनी भएर भारतीय कुखुराको चल्ला पनि व्यापक तस्करी भईरहेको छत्यसैगरी २ समूहले लाखौं रुपैया प्रहरी प्रसासन लाई बुझाइ   ठुलो मात्रामा भैसी तस्करीको लाईन पाएको स्थानियले बताएका छन।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक किशन कर्माचार्य र नेपाल प्रहरीका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले तस्करी पुर्णरुपले बन्द गर्ने निर्देशन दिएपनि निर्देशन विपरीत  प्रहरी चौकी र सशस्त्र प्रहरी बल बिओपीले तस्करीको लाईन दिएको प्रहरी स्रोतले जनाएको छ।

यश बिषयमा बुझनको लागि सशस्त्र प्रहरी बल बिओपी प्रमुखलाई तस्करीको बिषयमा बुझनको लागि +977 985-1272805 नम्बरमा सम्पर्क गर्दे सम्पर्क हुन सकेन ।