सिरहामा १०३ किलो लागुऔषध गाँजासहित ९ जना पक्राउ

सिरहा । सिरहाबाट लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । औरही गाउँपालिका-४ कमलपुरबाट शनिबार बिहान प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-१ मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा, १७ वर्षीय पशुपति सदा छन् ।

बिज्ञापन

यसैगरी, सोही ठाउँका ३२ वर्षीय जीवछ साह, औरहि गाउँपालिका-३ का ४२ वर्षीय राजिन्द्र यादव, भारतको मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत-१४ का ३९ वर्षीय वैजनाथ चौधरी र सोही ठाउँका वर्ष ३० का रमेश कामत रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट पाँच वटा बोरामा रहेको १ सय ३ किलो लागुऔषध गाँजा बरामद भएको छ । यस विषयमा विस्तृत अनुसन्धान गर्ने काम भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।