2024-04-27

Close

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माण भएको झोलुंगे पुलमा मोटरसाइकललाई आवतजावतमा रोक लगाएको छ । पुलमा सोलार प्यान जडान भईरहेकाले तीन दिनका लागि अत्यावश्यक बाहेकका मोटरसाइकललाई आवतजावतमा रोक लगाइएको पुल निर्माणमा स्वयंमसेवकको रुपमा खटेका ईन्जिनियर बिनोद कुमार मण्डलले जानकारी दिएको छ ।

पैदल यात्रीको लागि आवजावत खुला नै रहेको मण्डलले जनाएको छ । उनले सोलार जडान गर्दा मोटरसाईकल आवतजावतले गर्दा अप्ठयारो भईरहेको कारणले तीन दिनका लागि रोक लगाइएको बताए ।

ईन्जिनियर मण्डलले अतिआवश्यक भएकाहरुलाई आउन जानको लागि खोलिदिने बताए ।

रातिको समयमा सर्वासाधारणलाई आवतजावतमा सहजता प्रदान गर्न सोलार प्यानल जडान गर्न लागिएको जनाएको छ ।

माघ १८ गते सम्झौता अवधिभन्दा ६ महिना अगाबै निर्माण सम्पन्न भई सर्वसाधारणको लागि आवतजावत खुला गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds