2024-12-04

Close

जनकपुरधाम । मधेश प्रदेशका सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन इ–गभर्नेन्स कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ ।

देशभरि इ–गभर्नेन्ससँग जोडिएका असल अभ्यास मधेश प्रदेशमा लागु गर्ने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार छलफल भएको हो ।

मधेश प्रदेशका सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी, सहज र तीव्र बनाउन इ–गभर्नेन्स लागु गरिने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले जानकारी दिए । उनले भने, “पहिले सरकारको तहमा डिजिटलाइजेसन अभ्यास सुरु गरिनेछ अनि क्रमिक रूपमा सेवाग्राहीसँगै सरोकारवाला सबैलाई डिजिटलाइजेसनमा समेटिनेछ ।”

उनले प्रदेश सरकारले इ–गभर्नेन्स लागु गर्दा आफै स्वामित्व लिनेगरी र आफ्नै स्रोतले गर्ने बताए । उपाध्यक्ष साहले इ–गभर्नेन्सको सुरुवात मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यक्रमबाटै सुरु हुने जानकारी दिए ।

उनका अनुसार आरम्भमा मधेश प्रदेशका चारवटा स्थानीय सरकारका साथै सेवाग्राहीको अत्याधिक चाप हुने कार्यालयमा इ–गभर्नेन्स सुरु गरिनेछ । सरकारी कार्यालयसँगै विकास साझेदारका कार्यक्रमलाई पनि इ–गभर्नेन्सभित्र समेट्न सकिए तथ्यांकमा आधारित परिणाम प्रतिबम्बन र सुशासन सुनिश्चित हुने डा.साहको भनाइ छ ।

इ–गभर्नेन्सबाट मधेश प्रदेशका सार्वजनिक सेवा प्रभावकारी, उत्तरदायी, पारदर्शी र त्वरित हुने विश्वास गरिएको छ ।

मधेश प्रदेशमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका विषयमा तथ्यांक संकलन भइरहेको र त्यस आधारमा ती संस्थाहरूलाई प्रदेशको आवश्यकताअनुसारका काममा योगदान दिन लगाउने गरी समन्वय गरिने पनि डा. साहले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर