जनकपुरधाम । सर्लाहीमा गाडीको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको कविलासी नगरपालिकामा बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ आइरहेको बा.४ च ९२०० नम्बरको गाडीले ठक्कर दिँदा एक बृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कविलासी नगरपालिका–१० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए ।
तीव्र गतिमा रहेको सो गाडीले ठक्कर दिँदा यादवको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीले ठक्कर दिने गाडीका चालक जनकपुरधाम–४ बस्ने बैद्यनाथ साहलाई पक्राउ गरेको छ ।