विपिन यादव
जनकपुरधाम । सिरहा नगरपालिका १७ माडरस्थित संचालनमा आएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा करिब २१०० जनाले सेवा लिएका छन् ।
शनिबार भएको स्वास्थ्य शिविरको क्रममा सिरहा नगरपालिकासहित आसपासको स्थानीय तहका सर्वसाधारणहरुले समेत सेवा लिएका हुन् ।
सिरहा पठेर्वास्थित रहेको रामआशिष यादव स्मृती प्रतिस्ठानको आयोजनामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरको क्रममा करिब २ हजार १ सय जनाले चेकजाँच गराएका हुन् ।
श्री ब्र.झ.ज माध्यमिक विद्यालय माडरमा शिविर लगाएको छ । सो शिविरको क्रममा सिरहा नगरपालिका, औरही गाउँपालिका बाटसमेत सर्वसाधारणहरु चेकजाँचको लागि आएको आयोजक संस्थाका प्रबन्धक डाक्टर कृष्ण कुमार यादवले जानकारी दिए ।
डाक्टर कृष्ण कुमार यादवका अनुसार, निःशुल्क चेकजाँच शिविरको क्रममा ब्लड टेस्ट, किडनी, लिभर, पिसाब टेष्टको साथै ईसिजी, सर्जरी तर्फ समेत सेवा दिएका हुन् ।
जनकपुरको चर्चित डाक्टरहरुको टोलीले सर्वसाधारणलाई सेवा दिएको हो । ती टोलीले निःशुल्क सेवा दिएको हो।
शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा सुबिधा क्लिनिक जनकपुरधामले शिविर संचालन गरेको हो । डा. कृष्ण कुमार यादव, डा. प्रमोद यादव, डा. अशोक अधिकारी, डा. राजेन्द्र यादव, डा. नगेन्द्र प्रसाद यादव, डा. अश्विनी कुमार रन्जन यादव, डा. मनिष मण्डल, डा. सुभाष साह, डा. संजय यादव, डा. सुधिर यादव, डा. सुरेन्द्र कर्ण, डा. रुपेश यादव, डा. कपिलदेव यादव, डा. बिनोद यादव, डा. सुनिल कुमार सिंह, डा. उमेश यादव, डा. आलोक गोईतसहित विशेषज्ञ डाक्टरहरु विरामीको उपचार गरिएको छ । निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बाल रोग, शल्य क्रिया, मुटुरोग, मानसिक तथा नसा, हाडजोर्नी तथा नसा रोगको उपचार गरिएको छ । यसैगरी छाला तथा यौन रोग, नाक, कान, घाटी, दन्त सेवा, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण गरिएको छ ।