2024-05-06

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादव र नगर प्रमुख दिनेश प्रसाद यादवविरुद्ध नाराबाजी गरिएको छ ।

सर्वदलिय सँघर्ष समिति शहिदनगरले विहिबार विहान नगरपालिका पुगेर मेयर र शिक्षा शाखा प्रमुखविरुद्ध नाराबाजी गरेको हो । गैर कानुनी रुपमा शिक्षा शाखा प्रमुख बनाइएको भन्दै वडा नं. ६ का वडाध्यक्ष उमेश निरालाले उनलाई बहिष्कारको माग गरे ।

मोटो सँख्यामा गएका स्थानीय सर्वसाधारणहरुले यादवद्धयविरुद्ध नाराबाजी गरेको हो । जसपा, काँग्रेस, माओवादी, एमाले, नेकपा एस लगायतका दलहरु सम्मलित सर्वदलिय सँघर्ष समितिले मेयर मूर्दाबाद, कमिशनखोर मेयर मुर्दाबाद, घुसखोर शिक्षा प्रमुख विश्वनाथ यादव मुर्दाबादको नारा लगाएको थियो ।

विभिन्न दलका नेतृत्वकर्ताहरुको नेतृत्वमा गाउँ गाउँबाट गएको सर्वसाधारणहरुले शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध खनिएको थियो । सोही सँगै मेयर दिनेश प्रसाद यादवविरुद्ध समेत नाराबाजी गरेको सुनियो ।

शिक्षा शाखा प्रमुख यादवलाई बचाउ गर्नको लागि नगर प्रमुख यादवले विभिन्न दाउ लगाएको भन्दै नगर प्रमुख विरुद्ध स्थानीय खनिए । विभिन्न माग राख्दै यादवविरुद्ध सर्वदलिय सँघर्ष समितिले नाराबाजी गर्दै स्थानीय उतारेका हुन् ।

यदुकूहाको विभिन्न चोक गल्लीमा परिक्रमा गर्दै यदुकुहाको भठ्ठीचोकमा कोणसभा गरिएको थियो । सो क्रममा सम्बोधन गर्दै वडा नं. ६ का वडाध्यक्ष दिनेश निरालाले शिक्षा शाखा प्रमुख विश्वनाथ यादव कुन शर्तमा राखिएको बारे प्रष्टयाए भने मेयरको क्रियाकलापबारे समेत उनले सार्वजनिक रुपमा बोल्दै सच्चिनको लागि चेतावनी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds