2024-05-02

Close

काठमाडौं । एकातर्फ प्रहरी महानीरिक्षक राजु अर्याल द्वन्द्वकालमा माओवादीसँगको भीडन्तमा परी घाइते भएकाहरुलाई राहत प्याकेज घोषणा गर्ने अर्को तर्फ एआइजी सीपी गौतम भने उनीहरुलाई हटाउनुपर्छ भनेर लाग्ने सशस्त्र प्रहरीमा अहिले अनौठा विषयमाथि बहस र छलफल हुन थालेका छन् । सशस्त्र प्रहरी महानीरिक्षकले ल्याएका कार्यक्रमलाई कसरी असफल बनाउने भन्नेतर्फ मानवस्रोतका एआइजी गौतम लागेपछि यस्ता अनौठा विषयमा बहस हुन थालेको हो ।

सशस्त्र प्रहरीको बार्षिकोत्सवमा आइजी अर्यालले द्वन्दमा पीडित भएकाहरुलाई राहत प्याकेजको घोषणा गरेका थिए । तर सशस्त्र प्रहरीका कर्मचारीप्रति सशस्त्रका एआईजी सीपी गौतमले निर्मम हुने संकेत गर्दै उनीहरुलाई सेवाबाटै हटाउनुपर्छ भनेर अभिव्यक्ति दिए । केही दिनअघि अस्पताल व्यवस्थापन समितिको बैठकमा एआईजी गौतमले त्यस्ता कर्मचारीलाई जबर्जस्त अवकाशमा पठाउनुपर्ने बताएपछि आइजीपी र एआइजीपीबीच राम्रो मेल छैन भन्ने संन्देश पनि गएको छ ।

उनले यी कर्मचारी संगठनको लागि भार भएको संकेत गरेका थिए । फौजमा शारीरिक रुपमा तन्दुरुस्त कर्मचारी चाहिन्छ, उनको तर्क थियो । जबकि, तिनै कर्मचारीले आफ्नो ज्यानको समेत माया मारेर संगठन बचाएका थिए । बैठकमा सहभागी स्रोतका अनुसार उनीहरुले नमाने जबर्जस्त भएपनि अवकाश दिनुपर्ने उनको धारणा थियो ।

तर सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले केही दिन अघि वार्षिकोत्सवको अवसर पारेर अपाङ्गता भएका कर्मचारीलाई जम्मा ४ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने र बिना ब्याज अपांग मैत्री सामान किन्न एक लाखसम्म ऋण दिने बताएका थिए । आइजीपीको कर्मचारी प्रतिको माया र सुविधा दिनुपर्छ भन्ने मनसाय हुँदाहुँदै एआईजी गौतम त्यसलाई भाँड्ने खेलमा लागेको भन्दै संगठिनभित्र उनको व्यापक आलोचना भएको थियो ।

हिजो द्वन्द्वकालमा लडेका कर्मचारीको मनमा के पर्छ भन्नेसम्म एआईजी गौतमले हेक्का नराखेको हलचोकमा चर्चा छ । त्यसो त एआईजी गौतम संगठनको हरेक कार्यमा फरक मत राख्ने र अनावश्यक जान्ने बन्ने गरेको स्रोतको दावी छ । आईजीपी अर्याल आफ्ना कर्मचारीको हितमा सोच्ने तर गौतम त्यसको विरुद्ध उभिने गरेका छन् ।

केही समय अघि आईजीपी अर्यालले लामो समयसम्म पनि मिसन लगायतको अवसर नपाएकाले धेरै कर्मचारी बर्षौंसम्म काम गर्दा पनि सुशोभन तथा छातीमा तक्मा नभएकाहरुका लागि केही व्यवस्था गर्न लागेका थिए तर एआईजी गौतमले विमति राख्दै बनाउन लागिएको कार्यविधिलाई तहसनहस पारेको केही अधिकृतहरू बताउँछन् ।

‘एआईजी गौतम मानव स्रोत विभागमा आएपछि कर्मचारीको मनोबल खस्काउने मात्रै कार्य गरेका छन’, हलचोक स्रोतले भन्यो ‘भोलि उहाँ पनि अवकाशमै जाने हो, अहिले कर्मचारीलाई दबाबमा राखेर भोलि बाटोमा भेटिँदा सलाम गर्ने पनि नहोलान् भन्ने संभावना बढ्दै जाला ।’

गौतम नेपाली सेनाबाट आएकाले उनी सशस्त्र प्रहरीकै कर्मचारीसँग त्यति हेलमेल भएका छैनन । उनी आइजीपीको दावेदार समेत रहेका थिए । तर सरकारले उनलाई आइजीपी नबाएको रिस कर्मचारीमाथि पोख्न थालेको स्रोतको दावी छ । उनी अहिले मानवस्रोत विभागमा छन् । उनी मानवस्रोत विभागमा आएदेखि नै कर्मचारीहरु सरुवा बढुवा समेत समस्या उत्पन्न भएको हल्चोक स्रोतले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds