2024-05-02

Close

जनकपुरधाम । मधेश प्रदेश सभा बैठकमा जनमत पार्टीका सांसदहरूले मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै बेल घेरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गर्न लाग्दा जनमतका सांसदहरू उठेर गत माघ ८ मा सप्तरीमा तत्कालीन शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवमाथि भएको आक्रमणको विषयमा संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरे ।

संसद अवरुद्ध नगर्न सभामुख मण्डलले पटकपटक गरेको आग्रह उनीहरूले बेवास्ता गरे ।

जनमतका सांसद चन्दन सिंहले भने,‘फागुन ६ मा मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा छानबिन समिति गठन गर्ने सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन हुनुपर्छ ।’

सहमतिअनुसार सप्तरी घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अगाडि नबढाउन उनले सभामुख मण्डलसँग आग्रह गरे । त्यसपछि सभामुख मण्डलले सामान्य कुरामा सदन अवरुद्ध गर्न नहुने भन्दै खेलकुद तथा समाज कल्याणमन्त्री सुनिता साहलाई प्रदेश बालअधिकार ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

मन्त्री साह रोस्टममा जान नपाउँदै जनमतका सांसदहरू घेर्न पुगे । सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds