धनुषाको कमला नगरपालिकामा लोकतान्त्रिक समाजवादीले घरदैलो तीव्र पारेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमला नगरपालिमा लोसपाको मेयर उम्मेदवार बिरेन्द्र प्रसाद यादवलाई बिजयी बनाउनका लागि घरदैलो तीव्र पारिएको हो ।
कमला नगरपालिकाको मेयरका उम्मेदवार बिरेन्द्र यादव, उपमेयर चन्द्र कला मण्डल सहित वडा नं. ४ को वडा अध्यक्ष उम्मेदवार मनिक लाल मण्डल वडा नं.८ को उम्मेदवार जय प्रकाश रोहिता सहित सम्पुर्ण प्यानललाई जिताउन लोसपाले मतदान गर्न अपिल गरेका छन् ।
कमला नगरपालिका वडा नं.४ सघाराबाट सुरु भएको घरदैलो अभियान ९ वटै वडामा संचालन हुनेछ । वडाबासीको घरघरमा पुगेर लोसपालाई जिताउन आग्रह गर्दै लोसपाले नै नगरलाई समृद्ध बनाउने जोड दिएका छन् ।
शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित शहरीकरण सहित महिलाहरुको सशक्तीकरणका लागि र न्यायिक स्वच्छताका लागि लोसपा जित्नुको विकल्प नरहेको मतदाताहरुले प्रतिक्रिया दिए ।
घरदैलोको क्रममा मेयरका उम्मेदबार बिरेन्द्र यादवले स्वास्थ, शिक्षा र बिकास गरि देशको नमुना नगरपालिका बनाउने प्रतिबद्धता गरेका छन् । यसैगरि ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनतासंग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको यादवले बताएका छन ।
घरदैलोमा लोसपाका नेता कार्यकता, वडा अध्यक्ष सहित वडा सदस्यका उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।