जनकपुरधाम । जनकपुरधामसहित यदुकूहा फिडरबाट सँचालनमा रहेको विद्युत लाईन कटौती हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गतको मुजेलियास्थित ३३ केभि तथा ११ केभी एच.टी. लाईनको मर्मत सम्भार कार्य हुने भन्दै भोली शनिबार विहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म विद्यतु अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा मुजेलिया सव–स्टेशनबाट प्रसारण हुने विद्युत लाईन, जनकपुरधामको सिटी १, सिटी २ र सिटी ४ को लाईन अवरुद्ध हुने भएको छ ।
तोकिएको समय भन्दा अगावै नै मर्मत सम्भार कार्य सम्पन्न भएमा सो लगत्तै विद्युत लाईन प्रसारणमा आउने जनाईएको छ ।