सासंद चौरसियाले चुनाव जित्ने लगत्तै किसानलाई मल व्यवस्थापन गराउन सरोकारवालाहरुलाई दिए निर्देशन

नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पर्सा क्षेत्र नम्बर २का प्रतिनिधीसभा सदस्य अजय चौरसियाले चुनाव जिते लगत्तै किसानका समस्या समाधानका लागि पहलकदमी लिएका छन् ।
चौरसिया प्रतिनिधि सभामा नवनिर्वाचित भएपछि शपथ ग्रहण गर्नुभन्दा पहिला नै आफ्नो क्षेत्रको किसानको लागि गहुबालि, दलहन्बालीको मल अभावलाई हटाउन सम्बन्धित निकायहरु संग छलफल गरेका हुन।

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य चौरसियाले जनातको मल , बिऊ र डिएपी मलको व्यवस्थापन गरि छिटोभन्दा छिटो जनताको माझ पुर्‍याउन सरोकारवालाहरु लाई निर्देशन दिनु भयो।

बिज्ञापन

छलफलमा चौरसियाले कृषि सहकारी संस्थाहरुले पनि मल वितरणमा बदमाशी गरिरहेको किसानहरुको गुनासो रहेकाले त्यस बारे प्रजिअ , कृषि सामाग्री र साल्ट ट्रेडिङका कार्यालय प्रमुखहरुको ध्यानाकर्षण पनि गराए ।

छलफलमा जिल्लामा मल आपूर्तिमा देखिएको समस्या सामधानका लागि प्रजिअ ढकालको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय भएको छ । उक्त समितिले हरेक पालिकासंग समन्वय गरि मल वितरणको अनुगमन गरि आपूर्तीमा देखिएको समस्या समाधान गर्ने र मलको आपूर्ति सहज बनाउने बताए।

छलफलमा प्रदेश सासंद शयाम पटेल, वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कृषि सामाग्री कम्पनि लिमिटेड मधेस प्रदेश क्षेत्रीय कार्यालय प्रमुख चन्द्र चौलागाई , साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जका प्रमुख अमोज लामिछाने , कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसाद , प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतको पनि सहभागीता थियो ।