2024-04-27

Close

विपिन कुमार यादव,१६ असार ।नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा बुधबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्ट संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको थियो ।

स्थानीय भानु चोकमा जम्मा भएका जनता समाजवादी पार्टी निकट युवा नेताकार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । पुत्ला जलाइसकेपछि आइपुगेको प्रहरीले पानी हालेर आगो निभाएको थियो ।

पु्त्ला जलाउनुअघि जनता समाजवादी पार्टीका युवा नेतालेहरुले भानु चोकस्थित सडकमै जाम गरेर प्रधानमन्त्रीविरुद्व नाराबाजी गरेका थिए ।

उनीहरुले ‘७ बर्षपछि दिइने अंगीकृत नागरिकता विधेयक खारेज गर, नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्ध अमर रहुन्,विदेशी बुहारीलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानले नेपाल भारत बीचको बेटि रोटीको सम्बन्धमा आच आउने र मधेसीलाई प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय सच्चायाउन माग गर्दै सरकार विरुद्ध नाराबाजी समेत गर्दै निर्णय नसच्चायाए मधेसमा ठुलो विद्रोह हुने चेतावनी दिएको हो ।

प्रदर्शनकारीले ७ वर्षपछि बुहारीलाई दिने अंगीकृत नागरिकताको कारण विवाहबारीलगायत नेपाल भारतबीच युगौंदेखि रहेको परम्परागत रोटीबेटीको सम्बन्ध र सांस्कृतिक सम्बन्धमा केन्द्रीय सरकारले प्रहार गरेको आरोप लगाएका छन् प्रधानमन्त्री ओली मुर्दावाद’ सहितका नारा लगाएका थिए ।

उक्त कार्यक्रममा विनोद रोहिता, संजय कुमार चौधरी, प्रशान्त झा, दिपु कापरी, पुजन मौवार, हनुमान यादव किसन साह, बलिराम कापरी लगायत युवानेताहरु एवं विभिन्न भातृ संगठनका अगुवा नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds