2024-04-27

Close

अजय मिश्र, कपिलवस्तु, चैत्र ६ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय, पत्रकार, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

पशु पंक्षी तथा पशु जन्य पदार्थको तस्करी तथा अन्य अवस्था हेर्ने प्रमुख उदेश्यका साथ कार्यक्रममा पशु क्वारेन्टाइनको परिचय, क्वारेन्टाइनको वर्तमान संरचना, दण्ड जरिवाना र सजायको व्यवस्था, पशु ढुवानी मापदंड २०६४, क्वारेन्टाइनको महत्व लगायतका विषयमा सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भैरहवा बाट आएका डा .मनोज अधिकारीले गरेका थिए।

कार्यक्रममा सहभागी हरूले स्थानीय स्तर बाट समेत सुझाव संकल्न गरेर नियमहरु बनाउनु पर्ने, अन्य देशबाट पशु तथा पशु जन्य पदार्थ ल्याउदा भन्सारको राजस्व कम हुनुपर्ने, पशु तथा पशु जन्य पदार्थको तस्करी रोक्न जनचेतना फैलाउने जस्ता महत्वपूर्ण कुराहरु उठान गरिएको थियो।

कार्यक्रममा सहभागी हरूबाट उठेका जिज्ञासा हरूलाई पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रमुख डा.दयाराम चौधरीले सहजीकरण गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रीय अनुसंधान का प्रतिनिधि, व्यापारी, भन्सार कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds