सुनसरी । भारतबाट घरायसी समान ल्याउने क्रममा सशस्त्र प्रहरीले दुई महिलाको कपडा च्यातिदिएको घटना बाहिर आएको छ ।
छिमेकी मुलुक भारतबाट आईतबार साँझ घरायसी प्रयोजनको समान ल्याउने क्रममा सशस्त्र प्रहरीका खटिएका जवानले महिलाको कपडा च्यातिदिएको हो ।
सुनसरीको इनरुवा नगरपालिका वडा नं. ४ हनुमान चोकमा आइतबार साँझ भारतीय बजारबाट घरायसी सामान ल्याउँदै गरेका नेपाली उपभोक्ताले आफूहरूमाथि सशस्त्र प्रहरीले कपडा च्यातेर दुर्व्यवहार गरेको आरोप लगाएका हुन्।
महिलाहरुले घरासयी प्रयोजनको लागि मात्र मैदा, मटर, चिनी लिएर आएकी दुई महिलाको कपडा च्याति दिएको हो । सुनसरी पकलीकी सुनिता चौधरी र झुम्काकी हीरा चौधरीको कपडा च्यातिदिएको आरोप छ ।
महिलाको कपडा च्यातिदिएपछि आक्रोसित स्थानीयहरुले सशस्त्र प्रहरीको ज्यादती विरुद्ध विरोध जनाएको थियो । स्थानीयहरुले नारावाजी गरेपछि केही बेर अवस्था तनावग्रस्त बनेको थियो । यस सन्दर्भमा छानबिन भईरहेको जनाईएको छ ।