जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण पश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रदेश प्रमुख भण्डारीले नेपालको संविधान र कानुनको अधीनमा रही विधि प्रक्रिया अपनाएर आफूले कामकाज गर्ने बताउनुभयो । त्यसमा सबैको सक्रिय सकारात्मक सहयोगको अपेक्षा रहने बताउनुभयो ।
उहाँले मधेश प्रदेशको समृद्धि र विकासका लागि सदैव आफ्नो साथ रहने भन्दै मधेश प्रदेशको उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभयो । पदभार ग्रहणपश्चात् प्रदेश प्रमुखलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव, एमालेका प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, एमाले नेता सुमन प्याकुरेल, पूर्वमन्त्री शत्रुधन सिंहसहितका नेताहरुले भेटेर बधाई दिनुभयो ।
This will close in 20 seconds