2024-04-20

Close

जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा रामचन्द्र निर्वाचित भएका हुन् । मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज सदनमा एकसय ३ सांसद उपस्थित थिए ।

मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुन् ।

रामचन्द्रलाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका छन् ।

मण्डल धनुषा क्षेत्र नं. १ (ख) बाट दोश्रोपटक निर्वाचित सांसद हुन् । विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए ।

नेपाली कांग्रेसबाट सभामुखमा जंगीलाल राय उम्मेदवार थिए । प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds