अप्पन जनकपुर
जनकपुरधाम । कलैया प्रादेशिक अस्पतालमा वृद्धावस्थाकी आमाको शल्यक्रिया रक्त अभावका कारण रोकिएको अवस्थामा, मधेस प्रदेशका मुख्यमन्त्रीको सक्रिय पहल र सचिवालय सदस्य राहुल साहको तत्काल रक्तदानबाट जीवनरक्षा सम्भव भएको छ ।
अनुगमनको क्रममा समस्याबारे जानकारी पाएपछि मधेस प्रदेशका माननीय मुख्यमन्त्रीले तत्काल रगत उपलब्ध गराउन निर्देशन दिनु भयो । त्यही क्रममा मुख्यमन्त्री सचिवालयका सदस्य राहुल साहको रगत वृद्ध आमाको रक्तसमूहसँग मेल खाएकोले, राहुलले ढिलो नगरी तुरुन्तै रक्तदान गरी शल्यक्रिया सफल बनाउन निर्णायक भूमिका निभाए ।
राहुलको संवेदनशीलता र सक्रियताले वृद्ध आमाको ज्यान बचाउनुका साथै अस्पतालमा सेवा भाव र मानवीयताको उदाहरण प्रस्तुत गरेको छ ।
मुख्यमन्त्रीले अबदेखि रगतको अभावले कुनै पनि शल्यक्रिया रोकिन नपरोस् भन्ने उद्देश्यले अस्पताल प्रशासनलाई रक्त व्यवस्थापन प्रणालीलाई अझ व्यवस्थित, त्वरित र प्रभावकारी बनाउन विशेष निर्देशनसमेत दिनुभएको छ ।
“रक्तदान जीवनदान हो । समयमै सक्रिय भएर हाम्रा साना पहलहरूले ठूलो परिणाम दिन सक्छन्,” मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ ।
सचिवालय सदस्य राहुलप्रति अस्पताल प्रशासन, पीडित परिवार र सम्पूर्ण प्रदेशवासीले आभार प्रकट गरेका छन् ।