2024-04-27

Close

काठमाडौं । राजनीतिक नेताहरु होस् सेवा निवृत्त कर्मचारीले राज्यबाट सेवा सुविधा प्रशस्तै लिने गरेका छन् । तर यो भीडमा प्रदेश नम्बर २ प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ फरक देखिए । उनी अपवादका रुपमा रहे । मन्त्रिपरिषदले आइतवार पदबाट हटाएका प्रदेश प्रमुख अहिराज छोटो समय पदमा बसे पनि सबैको उदाहरणीय बने । छोटो समयमै जनताको मन जिते । फागुन ७ गते प्रदेश प्रमुख नियुक्त हुँदा अहिराजले निजी सचिवालय राखेनन् । राज्यको दोहन गर्न उनले चाहेनन् । प्रदेश कार्यालयकै कर्मचारीलाई विश्वास गरे । झा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विर आफ्नो कार्यालय र देशभरका प्रदेश प्रमुखलाई पनि राख्न प्रेरित गर्न देशव्यापी अभियानमा हिँडे । उनले बाटोमा दुर्घटनामा परी घाइते भएकाहरुको प्रोटोकल मिचेर आफ्नै गाडीमा उद्धार गरे । अहिराजले सुरुवात गरेको यो कामलाई मुख्यमन्त्री लालबाबु राउतले पनि अनुशरण गरे । अहिराज जनताका समस्या सुन्न आफै फिल्डमा खटिए । कहिले विद्यालय पुगे त कहिले विकास निर्माणका कामको अवलोकनमा । उनी कुनै दिन पनि खाली बसेनन् । हरेक दिन केही न केही गरेर एक्टिभ रहे । छोटो समयमै उनी रुचाइए । तर सरकार परिवर्तन भएसँगै उनी हटेका छन् । पदमुक्त भए पनि उनले पूर्वप्रदेश प्रमुखको हैसियतमा सेवा सुविधा पाउँछन् । तर अहिराजले ति सेवा सुविधा नलिने घोषणा गरेका छन् । ‘पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु । देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणासमेत गर्दछु,’ उनले भनेका छन् ।

अहहिराजले प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । अहिराजले सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा आफ्नो भूमिका सदैव रहिरहने प्रतिबद्धता समेत जनाएका छन् ।

यस्तो छ अहिराजको आभार व्यक्त :

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds