2024-04-27

Close

सर्लाही । बागमतीका एक विद्यार्थीले प्रहरी हिरासतबाटै एसईई परीक्षा दिएका छन् ।

बागमती नगरपालिका- ६ धरहरा घर भएका १६ वर्षीय किशोरलाई हिरासतबाटै परीक्षा दिने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

हरिवन-९ स्थित ज्ञानज्योति आवासीय विद्यालयका ती किशोरले आज पहिलो दिन प्रहरी हिरासतबाटै अंग्रेजी विषयको परीक्षा दिएका इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए ।

ज्ञानज्योति स्कुलको परीक्षा केन्द्र महेन्द्र मावि कर्मैयामा तोकिएको छ । ‘परीक्षा केन्द्रसँगको समन्वयमा उनलाई हिरासतबाटै परीक्षा दिने व्यवस्था मिलाएका हौँ,’ इन्सपेक्टर गिरीले भने ।

ती किशोर आफ्नी आमाको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरी हिरासतमा छन् । सोही आरोपमा उनका वुवा (मृतक महिलाका पति) पनि हिरासतमै रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds