2024-04-19

Close

जनकपुरधाम । नेकपा एमालेबाट धनुषा क्षेत्र नम्वर २ मा उम्मेदवार बनेका पूर्वमन्त्री उमाशंकर अरगरियाप्रति जनतामा क्रेज बढ्दै गएको छ ।

०७४ मा भारी मतले विजयी भएका अरगरियाको पक्षमा यो पटक पनि जनलहर बढ्दै गएको छ । उनको उम्मेदवारी दर्ता गराउन हजारौं जनता उर्लिका थिए । अन्य पार्टीका नेता कार्यकर्ता पनि अरगरियालाई जिताउन कम्मर कसेको स्थानीय बताउँछन् ।

अरगरिया पुनः चुनाव जित्नुपर्छ भन्दै नेकपा एकिकृत समाजवादीका दर्जनौं कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन् । कमला नगरपालिका ४ का समारोहबीच एकिकृत समाजवादीका नेता कार्यकर्ताहरु उम्मेदवार अरगरिया र प्रदेशसभा सदस्य उम्मेदवार लखन दासको हातबाट टिका थापेर एमालेमा प्रवेश गरे । नेकपा एमाले कमला नगरपालिका नगर अध्यक्ष दिपेन्द्र यादव, नेता मनिकलाल मण्डलको उपस्थित थियो ।

नवप्रवेशी राजलाल यादव, विनोद यादव, कुलदेव यादव, बलराम यादव, उदय यादवलगायतलाई उम्मेदवारद्वय अरगरिया र दासले स्वागत गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds