2024-05-05

Close

काठमाडौं । मदिरा तस्करी र राजस्व छलीको पर्दाफास गरेका कान्तिपुर टेलिभिजनका सिरहाका पत्रकार विनय आजादको सुरक्षाको विषय संसदमा उठेको छ ।

जनमत पार्टीका सांसद अब्दुल खानले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहसिक रिपोर्टिङ गरेका पत्रकार आजादलाई राज्यले संरक्षण गर्नुपर्नेमा प्रहरीकै रोहबरमा तस्करहरूले आक्रमण गर्ने योजना बनाएको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

पत्रकार आजादले गत चैत ४ गते सिरहाको गोलबजार नगरपालिका-९ मा अवस्थित मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरी उद्योगले आन्तरिक राजस्व विभागको एउटै स्टिकरलाई दुई-तीन टुक्रा पारी दैनिक लाखौं राजस्व छली गर्दै आएको र दैनिक झण्डै एक करोडको ती अवैध मदिरा भारत तस्करी गर्दै आएको विषय पर्दाफास गरेका थिए ।

सोही विषयमा गत चैत ८ गते नेपाल प्रहरीका सई अमित राईको रोहबरमै तस्करहरूले पत्रकार आजादमाथि आक्रमण गर्ने योजना बनाएका थिए । यस विषयमा नेपाल पत्रकार महासंघ जिल्लादेखि केन्द्रसम्मको कार्यसमितिले विज्ञप्ति निकाले पनि संलग्नहरूलाई कारवाही नहुनुमा उनले शंका व्यक्त गरे ।

राजस्व छली र मदिरा तस्करी प्रकरणमा प्रहरी, प्रशासन र आन्तरिक राजस्वका कर्मचारीहरूको मिलेमतो स्पष्ट भइसकेको भएपनि उनीहरूमाथि अनुसन्धान हुन नसकेको र यो समाचारपछि पक्राउ परेकाहरू रिहा भइरहेको, घटनाको ढाकछोप गर्ने प्रयत्न भइरहेको भन्दै उनी सरकार नै गिरोहतन्त्रको संरक्षक रहेको आरोप लगाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds