2024-04-20

Close

जनकपुरधाम,२० चैत । जनकपुरधाम उद्योग बाणिज्य संघले लकडाउनको भिषण परिस्थतीमा पनि सेवा दिइरहेका जनकपुरधामका उद्योगी व्यवसायीहरुलाई धमाधम पक्राउ गर्न थालिएको भन्दै प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको ध्यानाकर्षण गराएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषा पुग्नु अघि सम्पुर्ण बस्तुगत संघ संगठनहरु संग सामुहिक छलफल गरेको संघले सिडिओ निरौलालाई ज्ञापन पत्र बुझाउदै व्यापारी व्यवसायीहरुलाई डर र त्रास भन्दा मनोबल बढाउने काम गरि सेवाको वातावरण बनाइदिन आग्रह गरेका छन् ।

संघका अध्यक्ष ललित कुमार साहको नेतृत्वमा गएको टोलीले अनावयश्क धरपकड गर्नाले व्यापार जगतमा आक्रोस र डर पनि उत्पन्न हुने र पसल तथा सेवा बन्द भए त्यसवाट उत्पन्न हुने परिणामले जनता र जो कोहिलाई पनि फाइदा नहुने भएकाले वातावरण बनाउनका लागि संघले आग्रह गरेको महासचिव जितेन्द्र महासेठ तथा अध्यक्ष साहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । अति आवश्यक सेवाहरु प्रदान गर्ने क्रममा प्रहरीले लाठी चार्ज तथा धरपकड गरेको आरोप उद्योगीहरुको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds