जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ दुहबी गाउँमा जल निकासी प्रणालीमा सुधार ल्याउने र डुबानको समस्या हटाउने उद्देश्यले ३३० मिटर लामो नाला निर्माणको शिलान्यास भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले आज आफ्नो निर्वाचन क्षेत्रभित्र नाला निर्माणको शिलान्यास गरेका हुन् । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित योजनामा नाला निर्माणको कार्य सुरु गरिएको हो ।
शिलान्यास कार्यक्रममा विदेह नगरपालिकाका उपप्रमुख आशा देवि झा, विदेह नगरपालिका वार्ड नं. १ का वडाअध्यक्ष संजय पाण्डे, वार्ड नं. २ का वडाअध्यक्ष रामपुकार सहनी, वार्ड नं. ५ का वडाअध्यक्ष राधेश्याम गोईत, वार्ड नं. ६ का वडाअध्यक्ष जयराम मण्डल, कार्यपालिका सदस्य सत्रुधन राय, छोटन दाहा, वडा सदस्यहरुलगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीको उपस्थिति थियो ।