2024-03-19

Close

विपिन कुमार यादव,२५ चैत जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ८ विसरभोरा,नाथपट्टी टोलबाट आरसीसी सडक ढलान सुरु गरिएको छ ।

विगत लामो समयदेखि कैयौं नेताले उक्त सडक निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए । तर कसैले सडक निर्माण गरिदिएन । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका साँसद अरगरियाको पहलमा यो सडक निर्माण हुने लागेको छ ।


स्थानीय भुट्टि खातुनले खुशी व्यक्त गर्दै अप्पन जनकपुर ड्ट कम लाई बताउदै भने कि उक्त सडक धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद उमाशंकर अरगरियाले २०७७ भदौ २२ गते विधिवत एक कार्यक्रमबीच सडकको आरसीसी ढलान र नाला निर्माण कार्यको शिलान्यास गरेका थिए । विसरभोरा, नाथपट्टी, मंगराहा माची हुँदै भारतको महुवा बोर्डरसम्म पुग्ने यो सडक बन्ने भएपछि स्थानीयहरु खुःशी भएका छन् ।

उक्त सडकको आरसीसी ढलान निर्माणको ठेक्का कमल निर्माण सेवाले लिएका छन् । ठेकेदार कम्पनीलाई साँसद अरगरियाले तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । निर्वाचन क्षेत्र रणनीति सडक निर्माण तथा संचालन मापदण्ड २०७५ अनुसार एक सांसद एक सडक निर्माण हुन लागेका छन् । मंगलबार संघीय सांसद अरगरियाको प्रतिनिधि टोलीले उक्त सडकको ढलान अनुगमनका क्रममा वडा नं.८ का वडा अध्यक्ष तनुक लाल कुसियैत, विनोद रोहिता, ई. पुरुषोत्तम यादव , बिन्दी लाल महतो, निशान्त यादव लगायतका टोलीले अनुगमन गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds