2024-05-05

Close

जनकपुरधाम । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले दरबन्दी फिर्ता अभियान डीआईजी हुँदैदेखि चलाएका हुन् । पछिल्लो समयमा रवि लामिछाने गृहमन्त्री भएपछि सादा पोशाकमा घुमुवा नखटाउन परिपत्र गरेका छन् । तर आईजीपी कुँवरको दरबन्दी फिर्ता पठाउने र सादा पोशाकमा घुमुवा नखटाउने नीतिबिपरीत मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले काजमा कार्यरत प्रहरीलाई सीमा प्रहरी चौकीमा सरुवा गरेका छन् ।

बीरगंजका ब्यापारीसँग निकट प्रहरीलाई जिल्ला प्रहरी कार्र्यालय बारा अन्तर्गतका सीमा प्रहरी चौकी छतवा, मुसहरवा, पथलैया, अमलेखगंज खटाइएको छ । डीआईजी पोखरेल, बाराका एसपी महेन्द्र खड्का र डीएसपी दधिराम न्यौपानेले बोर्डरदेखि हाइवेसम्म आफ्नै निकटका प्रहरीलाई खटाएर कमाउधन्दा संचालन गरेको आरोप छ । डीआईजीको निर्देशनमा डीएसपी दधिराम न्यौपाने र एसपी महेन्द्र खड्काले जिल्ला प्रहरी कार्यालय बारामा काजमा कार्यरत सई त्रिभुवन साहलाई इलाका प्रहरी कार्यालय अमलेखगंजको इन्चार्जको जिम्मा दिएका छन् । केही दिनअघि बारामा सरुवा भएलगत्तै उनलाई अमलेखगंज इलाका प्रहरी कार्यालयमा इन्चार्ज बनाइएको छ ।

डीआईजी पोखरेलको आदेशमा जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले साहलाई अमलेखगंजको इन्चार्जमा खटाएका छन् । सई साहको दरबन्दी बिपत ब्यवस्थापन कार्यालय पर्सामा रहेको छ । हरिबहादुर पाल मधेशको डीआईजी भएको समयमा उनका घुमुवाका रुपमा खटिएका साह अनियमिततामा मुछिएको उजुरीपछि कारबाहीस्वरुप खोटाङमा सरुवा भएका थिए । खोटाङबाट सोर्सफोर्स लगाएर बीरगंजस्थित बिपत ब्यवस्थापनमा आएका उनलाई डीआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय बारामा काज सरुवा गरी अमलेखगंजमा खटाउन लगाएका छन् ।
त्यसैगरी डीआईजी पोखरेलले बाराका सीमाक्षेत्रका प्रहरी चौकी मुसहर्वामा सई रबिन्द्र साह, छतवामा सई सन्तोष केसी, पथलैयामा नरेशबहादुर शाही, मटिअर्वामा अरुण यादवलाई इन्चार्ज बनाएका छन् ।

अरुण यादव बाहेक मुसहर्वा, छतवा, पथलैया र अमलेखगञ्ज इन्चार्ज खटाइएकाहरु यसअघि पर्साको बीरगंजमा लामो समय कार्यरत रहिसकेका र उनीहरुको तस्करहरुसँग राम्रो सम्बन्ध भएकाले तस्करी लाइन दिएर कमाउधन्दा संचालन गर्नका लागि नै डीआईजी पोखरेलले खटाएको आरोप छ । तस्करीसँग कनेक्सन भएकाहरुलाई नै डीआईजी पोखरेलले छानीछानी बोर्डरदेखि राजमार्गसम्मका प्रहरी चौकीको इन्चार्ज बनाएका छन् ।

त्यसो त उनले खोटाङमा कार्यरत विवादित इन्स्पेक्टर कृष्णदेवप्रसाद साह (केडी) कै सल्लाहमा ढल्केवर गणमा कार्यरत रहेका सञ्जय शर्मालाई डिआईजी कार्यालयमा ल्याएर अतिरिक्त लाभका लागि घुमुवाका रुपमा परिचालन गरेका छन् । अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयकी कमाण्डर तथा प्रहरीका सरुवा बढुवाको ठेक्का लिएकी सुसन कर्माचार्यलाई बोलकबोल गरी मधेश प्रदेशको डीआईजी भएका पोखरेलले बारामा हुन्डीदेखि कुहिएको दाल भित्र्याउने गिरोहको पर्दाफास गरेपछि अवधि नपुगी एसपी सुरेश काफ्लेलाई सरुवा गराउन सफल भए । र, तस्करीको नेटवर्ट संचालनमा अवरोध भएपछि काफ्लेको सरुवा गराएका पोखरेलले बाराका चौकीहरुमा तस्करीका अनुभवी प्रहरीलाई सेटिङ गरी लाइन दिएर कुस्त कमाउने मार्ग अवलम्बन गरेको आरोप छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds