2024-05-21

Close

सिरहा । सिरहा प्रहरीको प्रत्यक्ष निगरानीमा तस्करी गराउने पाँच प्रहरी युनिट कारवाहीमा परेका छन् । सिरहाका एसपी आचार्यको निर्देशनमा सीमाबाट हुने सो तस्करीको लागि उनका मातहतका पाँच युनिट नै कारवाहीमा परेका छन् ।

खुलेआम तस्करी बढ़न थाले पछि गृहमन्त्रलयले सिरहामा निगरानी बढ़ाए सँगै तस्करीमा संलग्न सिरहाका सीमावर्ती पाँच प्रहरी यूनिटलाई कारवाही हुने भएको छ ।

सिरहाको मुख्य नाका ठाड़ीको प्रहरी चौकी ठाड़ी, प्रहरी चौकी भगवानपुर, ईलाका प्रहरी कार्यालय माहेश्वारी, प्रहरी चौकी जानकी नगर र ईलाका प्रहरी कार्यालय झाझपट्टी नवराजपुरका प्रहरी इन्चार्जहरूलाई गृहमन्त्रालयको निर्देशनमा मधेश प्रदेश प्रहरी कार्यालय मार्फत कारबाही गर्ने भएको हो ।

गएको आइतबार राती ती नाकाहरूबाट तस्करीका समानहरू गृहमन्त्रालयले नियन्त्रणमा लिए पछि उनिहरुलाई कारवाही गर्न निर्देशन दिएको हो।

गृहको विशेष टोलीले उक्त प्रहरी यूनिटहरुको संलग्नता खुलेआम तस्करी भईरहेको सूचनाको आधारमा गृहबाट खटिन गएको टोलीले सो स्थानबाट करीब दुई लाख मूल्य बराबरको अबैध तस्करीका कपड़ाहरू बरामदा गरे पछि सो स्थानका प्रहरी यूनिटहरूलाई कारबाही गर्न निर्देशन दिई कारबाहीमा पर्ने प्रहरी यूनिट इन्चार्जहरू प्रहरी चौकी ठाड़ीका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरिक्षक सजेन्द्र पोखरेल (मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआइजी यज्ञ विनोद पोखरेलका भतीजो) प्रहरी चौकी भगवानपुरका इन्चार्ज रामपुकार चौधरी, ईलाका प्रहरी कार्यालय महेशबारीका इन्चार्ज श्याम नन्द मण्डल, ईलाका प्रहरी कार्यालय झाझपट्टीका इन्चार्जका र प्रहरी चौकी जानकीनगरका इन्चार्जका इन्चार्जलाई समेत जिम्मेवारीबाट तत्काल हटाउन निदेशन दिएपनि सिरहाका एसपी सन्तोष आचार्यले भने आफु पनि फसिने डरले उनीहरुलाई करबाही गर्नबाट पंछिएको पाइएको छ।

उता, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआइजी यज्ञ विनोद पोखरेलका अनुसार गृहमन्त्रालयको निर्देशानुसार तस्करीमा संलग्न प्रहरी यूनिटलाई तत्काल जिम्मेबारीबाट हटाई जिल्लामा तानेर कारबाही गर्न पत्राचार मार्फत निदेशन दिइसकेको बताए।

एसपी आचार्यले यूनिट इन्चार्जहरु सँग बुझ्छन महिनाको लाखौ रकम

प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी आचार्यले उक्त इन्चार्जहरूबाट मोटो रकम लिने गरेको स्रोतको दावी छ ।

प्रहरी स्रोतका अनुसार एसपी आचार्यले जिल्ला विभिन्न प्रहरी यूनिटहरूबाट महिनाको लाखौ रकम बुझ्ने गरेको छ। कारबाही गर्नु पर्ने यूनिटहरू प्रहरी चौकी ठाड़ीबाट महिनाको ५० हजार , प्रहरी चौकी भगवान ३० हजार, ईलाका प्रहरी कार्यालय महेशबारी ४० हजार, ईलाका प्रहरी कार्यालय झाझपट्टीबाट ५० हजार, प्रहरी चौकी जानकीनगर ३० हजार, प्रहरी चौकी हरकट्टी, प्रहरी चौकी कचनारी ४० हजार, ईलाका प्रहरी कार्यालय धनगढी ४०हजार, प्रहरी चौकी शिव चौकी३० हजार , ईलाका प्रहरी कार्यालय सुखीपुर ५० हजार, प्रहरी चौकी सीतापुर ३०हजार, ईलाका प्रहरी बन्दीपुर ८० हजार, ईलाका प्रहरी कार्यालय कल्याणपुर ४० हजार, प्रहरी चौकी बेल्हा २५ हजार, ईलाका प्रहरी कार्यालय माडर ७०हजार, वडा प्रहरी कार्यालय सिरहा ६० हजार,प्रहरी चौकी खिरौना ३० हजार ,प्रहरी चौकी लगड़ी २० हजार गरी जिल्ला भरीका ४२वटा प्रहरी यूनिटहरूबाट महिनाको लाखौ रकम बुझ्ने गरेको स्रोतको दावी छ।

यति मात्र होईना जिल्ला ट्राफिक कार्यालय सिरहाबाट महिनाको ५लाख लिने गरेको हो। जसमा गैर कानूनी ढंगले ट्राफिक जरीवाना काटेर उठाइएको रकम र यातायात व्यबस्था कार्यालय लहानमा हुने लाईसेन्सबाट उसुलीको रकमबाट बुझ्ने गर्छन भने खुले आम तस्करी गराए बापत एसपी आचार्यले महिनाको २५ देखि ३० लाख सम्म उठाउने गरेको छ।

एसपी आचार्य आफ्नो पोल खोलिने डरले तस्करीमा संलग्न प्रहरी यूनिटलाई जोगाउन दौड़धुप गर्दै

गएको आइतवार चोरी तस्करीमा संलग्न रहेका सीमावर्ती प्रहरी यूनिटलाई तत्काल जिम्मेवारीबाट हटाएर कारवाही गर्न गृहमन्त्रालय हुँदै प्रदेश प्रहरी कार्यालय भएको निर्देशनलाई अवज्ञा गर्दै उनिहरूलाई जोगाउन शक्ति केन्द्र धाउने गरेको बुझीएको छ । एसपी आचार्यले कारबाहीमा परेका यूनिटहरूबाट महिनाको लाखौ रकम बुझने गर्थे। सो विषयको यदि छानवीन भयो भने एसपी आचार्य स्वतः फस्ने भए पछि उनिहरूलाई जोगाउन तीर लागेको हो।

गैर कानूनी तवरले एसपी आचार्यको घुमुवा परिचालन

गृहमन्त्रालयले देश भरका सादा पोशाकका घुमुवाहरूलाई तत्काल जिम्मेवारीबाट हटाउन निर्देशन जारी गरे सँगै देशभरका घुमुवा प्रहरीहरूलाई तत्काल हटाइयो । तर सिरहाका एसपी आचार्यले भने त्यस्तो गरेनन। उनले आफ्नो माथिलोका हाकिमलाई छारो हाल्दै उनी पुरानै शैलीमा जिल्लाका नामुद बदनाम घुमुवाहरूलाई परिचालन गर्दै गृहको आदेशलाई अवज्ञा गरेको देखिन्छ ।

जिल्लाका बदनाम घुमुवा प्रहरी सहायक निरिक्षक दुर्गा यादवलाई एसपी आचार्यले अवैध उसुली गर्न उनलाई परिचालन गरेको बुझीएको छ। घुमुवा यादवको दरबन्दी १ नम्बर प्रदेशको जिल्ला प्रहरी कार्यालय उदयपुर रहे पनि उनीहाल अहिले जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सन्तोष आचार्यको निजी घुमुवाको रुपमा परिचालन गरेको छ।

उनलाई अवैध उसुली गराउन प्रहरी महानिरिक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको आदेशलाई समेत टेरपच्छर नगरी उनलाई आफ्नै अनुकूल परिचालन गरेको हो। घुमुवा यादवलाई गत चैत्र २९ गते प्रहरी महानिरीक्षक कुँवरको आदेशमा उनलाई नाटिकीय ढंगले रवाना बुझाए पनि बैशाख २४ गते सम्मको घर विदा समेत पास गरी उनलाई हाल सिरहामै विभिन्न तस्करहरूबाट अवैध उसुली गर्न एसपी आचार्यले प्रचालन गरेको छ। एसपी आचार्यले बदनाम घुमुवा यादवलाई झण्डै १महिना विदा पास गरेको देखिन्छ । उनी हाल अहिले पनि सिरहामै रहेर अवैध उसुलीमा व्यस्त छन्।

प्रहरी सहायक निरिक्षक तीनै बदनाम घुमुवा हो जस्ले प्रहरी चौकी खिरौनामा कार्यरत रही जिल्ला सम्पूर्ण तस्करीको लाईन मिलाउने गर्थे। उनी कार्यरत रहेको प्रहरी चौकी खिरौनाको करीब दुई सय मिटरको दुरीबाट गत असोज महिना १३ बाट एक साता भित्र झण्डै ३ करोड़ बराबरको अबैध कपड़ा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो र उनी कारबाहीमा समेत परेको थियो । त्यही बदनाम घुमुवा असई यादवलाई हाल एसपी आचार्यले अवैध उसुलीमा परिचालन गरेको हो।

उनी सँगै घुमुवाहरू प्रहरी जवान अमर यादव र प्रहरी जवान बैजु महतोलाई असई दुर्गा यादवको इसारामा अवैध उसुली गर्दै आएको छ । घुमुवा प्रहरी जवान माथि एकजना महिला सँगको अनैतिक सम्बन्धको विवादमा भए पनि बेखौफ घूमी रहेको छ ।

अनैतिक कार्यमा फसेकि महिला हुन धनगढ़ीकि महिलाले आफ्नो इज्जत लुटियको भन्दै चिच्याउँदै ईलाका प्रहरी कार्यालय धनगढी पुगेकी थिईन। तर पीड़ित महिला न्याय दिनुको साटो घटनालाई ढाकछोप गर्न १० लाख रकम चलखेल (बारगेनिंग) चलिरहेको नाम नखुलाउने शर्तमा एकजना स्थानीयले बताए। आरोपित प्रहरी जवान बैजु महतो ईलाका प्रहरी कार्यालय धनगढीमा कार्यरत रहे पनि जिल्लामा घुमुवाको रुपमा परिचालित छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds