2024-05-18

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका-६ का वडाध्यक्ष उमेश कुमार निराला धरौटीमा रिहा भएका छन् ।

नगरपालिकाको सम्पत्ति तोडफोड आरोपमा पक्राउ परेका निरालालाई धनुषा जिल्ला अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आइतबार न्यायाधीश चित्र बहादुर गुरुङको एकल इजलासले वडाध्यक्ष निरालालाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।

नगर प्रमुख दिनेश प्रसाद यादवले दिएको जाहेरीको आधारमा धनुषा प्रहरीले वडाध्यक्षसहित ७ जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो । बाँकी ६ जना भने अझै फरार छन् ।

गत वैशाख १० गते नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई जिम्मेवारीबाट हटाउन माग राखी नगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका निरालासहितका प्रदर्शनकारीले नगर कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै नगर प्रमुख चढ्ने गाडीमा समेत तोडफोड गरेका थिए ।

सोही दिन प्रहरीले वडाध्यक्ष निरालालाई नियन्त्रण लिई उनीमाथि आपराधिक उपद्रव मुद्दा चलाइएको थियो । निराला समूहका प्रदर्शनकारीले गरेको ढुङ्गामुढाबाट दुई जना सुरक्षाकर्मीसमेत सामान्य घाइते भएका थिए ।

प्रदर्शनकारीको ढुङ्गामुढाबाट नगरपालिकालाई दश लाख रुपैयाँ बराबर नोक्सानी भएको भन्दै क्षतिपूर्ति माग दाबी सहित उनीहरु उपर नगर प्रमुख यादवले मुद्दा दायर गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds